डेनमार्कका पूर्व स्ट्राइकर निकालेसले खेलाडी जीवनबाट सन्यास

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 353 पटक हेरिएको

आर्सनल तथा युभेन्टसका पूर्व स्ट्राइकर निकोलस डेन्डनेरले खेलाडी जीवनबाट सन्यास लिने निर्णय गरेका छन । ३३ बर्षको उमेरमा नै उनले खेलाडी जीवनबाट सन्यास लिने घोषणा गरेका हुन ।

डेनमार्कका पूर्व खेलाडी निकोलसले राष्ट्रिय टिमबाट ८१ खेल खेल्दा ३० गोल गरेका थिए । राष्ट्रिय टिमबाट सन् २०१८ मा सन्यास लिएपछि क्लव स्तरमा खेलिरहेका थिए । पछिल्लो पटक उल्फ्सबर्गबाट खेलिरहेका निकालेसले राष्ट्रिय टिमबाट १२ बर्ष खेलेका थिए ।

आर्सने विंगरको प्रशिक्षणमा सन् २००५ देखि २०१४ सम्म खेलेका उनले करियरमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यो बेला उनले आर्सनलबाट एक सय ७१ खेलमा ४५ गोल गरेका थिए ।

उनले सोसियल मिडियामा अब खेलाडी जीवनबाट सन्यास लिने बेला आएको बताए । उनले अब प्रशिक्षकमा जाने बताए । उनले फुटबललाई निकै मिस गर्ने र त्यो बाट टाढा हुन नसक्ने भएकाले प्रशिक्षकका रुपमा अगाडी आउने बताए । कोपनहेगनबाट करियर सुरु गरेका उनले १६ बर्षको उमेरमा नै आर्सनलमा गएका थिए । जहाँ उनले नौ बर्षसम्म सम्झौतामा बसेका थिए । त्यो विचमा उनी लोनमा ब्रमिङघममा अनुबन्ध भएका थिए । त्यसपछि सन्डरल्याण्ड हुँदै युभेन्टसमा पुगेका थिए । त्यहाँ उनले सिरी ए को उपाधि जितेका थिए ।

उनले सन् २०१० को विश्वकप र २०१२ को यूरोकपमा डेनमार्कका लागि खेलेका थिए । पोल्याण्ड र युक्रेनमा भएको युरोकपमा प्याडी पावरको लोगो देखाएको भन्दै उनलाई एक लाख युरो जरिवानापनि तिरेका थिए । जसका कराण उनलाई सन् २०१४ को विश्वकप छनौटको खेलमा प्रतिबन्ध लागेको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal