आईपीएलका बाँकी खेल नखेल्ने विदेशी खेलाडीको तलब काटिने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 330 पटक हेरिएको

इन्डियन प्रिमियर लिग आईपीएलका बाँकी बचेका खेलको तयारी बीसीसीआईले शुरु गरेको छ ।

भारतमा कोरोना महामारी बढेपछि मार्च चार तारिखमा स्थगित भएको आईपीएलको जारी सिजनका बाँकी ३१ खेल युएईमा आयोजना हुँदै छ । सेप्टेम्बर अक्टोबरमा शुरुहुने प्रतियोगिताका लागि बीसीसीआईले तयारी शुरु भएको जनाए पनि मिति भने सार्वजनिक भएको छैन ।

भारतीय मिडियाले दावी गरे अनुसार १८–१९ सेप्टेमबरमा शुरु भएको फाइनल ९–१० अक्टोबरमा हुने छ ।

महामारीका कारण प्रतियोगिता स्थगित भएपछि बडो मुस्किलले स्वदेश फर्किएका विदेशी खेलाडीहरु पुनः प्रतियोगिता शुरुहुँदा खेल्न आउने सम्भावना कम देखिएको छ ।

कतिपय खेलाडीहरुले आईपीएलको बाँकी सिजन नखेल्ने बताएका छन् भने केही देशहरुले आईपीएलका लागि एनओसी पनि नदिने बताएका छन् ।  खेलाडीहरु नआउने भएपछि उनीहरुको पारिश्रमिक पनि काटिने भएको ।

प्रतियोगिताका लागि ‘बल्क’मा सम्झौता गरेका खेलाडीहरु अनाउने भएपछि ‘प्रोराटा’ बेसिसमा तलब दिइने भएको छ । त्यो भनेको जति खेल  खेलेका छन् त्यसका आधारमा पारिश्रमिक पाउने भएका हुन् ।

उदाहरणका लागि पेट कमिन्सलाई कोलकता नाइट राइडर्सले १५.५ करोड रुपैयाँमा खरिद गरेकोमा अब उनले ७.७५ करोड मात्रै पाउने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey