कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुयला भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 579 पटक हेरिएको

विभिन्न अन्योलका विच अन्तिममा ब्राजिलमा हुने कोपा अमेरीका कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भेनेजुयला र ब्राजिलवि हुने भएको छ ।

ब्राजिलको ब्रासिलियामा हुने उद्घाटन खेलमा घरेलु टिम र भेनेजुलयला विच हुने भएको छ । प्रतियोगिताको फाइनल खेल रियो दी जेनेरियोको माराकाना रंगशालामा हुने भएको छ ।

दक्षिण अमेरीकी फुटबल महासंले सार्वजनिक गरेको तालिका अनुसार यो प्रतियोगिता विभिन्न चार रंगशालामा हुने भएको छ । प्रतियोगिता सुरुवातमा कोलम्बिया र अर्जेन्टिनामा हुने भनिएको थियो । तर कोलम्बियामा राजनितीक तनाव बढेपछि प्रतियोगितको सह आयोजकबाट हात झिकेको थियो भने अर्जेन्टिनामा कोरोना संक्रमण बढेपछि प्रतियोगिता आउन दुई साता अगाडीमात्र नहुने बताएको थियो ।

त्यसपछि दक्षिण अमेरीकी फुटबल महासंघले हतारमा ब्राजिल सरकारसँग अनुमती लिएर ब्राजिलमा यो प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
अहिलेपनि ब्राजिलमा दैनिक एक लाखको हाराहारीमा कोरोना संक्रमण हुने गरेको छ । कोभिडका कारण ब्राजिलमा मात्र चार लाख ६० हजारले ज्यान गुमाइसकेका छन । ब्राजिल र भेनेजुयलाविच पहिलो खेल हुनेछ । यस्तै अर्जेन्टिनाले जुन १४ मा चिलीसँगको खेलबाट प्रतियोगिता सुरु गर्नेछ ।

दुई समुहमा विभाजन गरिएको प्रतियोगिताका समुह एमा अर्जेन्टिना, चिली, बालिभिया, पाराग्वे र उरुग्वे रहेका छन । समुह बी मा ब्राजिल, भेनेजुयला, कोलम्बिया, इक्वेडर र पेरु छन ।

प्रतियोगिताका लागि रियोका दुई वटा रंगशाला प्रयोग गरिने भएको छ । अरु दुई रंगशाला गोइनिया र कुइबा छन । प्रतियोगिताको फाइनल माराकाना रंगशालामा हुनेछ । प्रतियोगितामा दर्शक प्रवेशमा रोक लगाउने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal