नेपालसँग २०१९ मा खेल्दाको र अहिलेको ताइपेई टिम, प्रशिक्षकसँगै मुख्य खेलाडी नै परिवर्तन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 1195 पटक हेरिएको

कतारमा २०२२ मा हुने फिफा विश्वकप छनौट अन्तर्गत नेपालले आजराति चाइनीज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार राति पौने १० बजेबाट सुरु हुनेछ । नेपालले ताइपेईसँग अन्तिम पटक सन् २०१९ को सेप्टेम्बरमा उसकै मैदानमा खेल्दा र अहिलेको चाइनीज ताइपेइ टिममा निकै परिवर्तन भइसकेको छ । त्यो बेलाका प्रशिक्षक अहिले टिममा छैनन् । यतिमात्र होइन उसका मुख्य खेलाडी टिममा छैनन । यो पटक चाइनीज टिममा नौ नयाँ खेलाडी टिममा छन ।

ताइपेई टिमले यसअघि नेपालसँग खेल्दाका इंग्ल्याण्डका प्रशिक्षक लुइस लानकास्टर अहिले टिममा छैनन् । उनलाई सन् २०१९ को डिसेम्बरमा बर्खास्त गरिएको थियो । उनी अहिले चिनीयाँ क्लव उताह रोयल्र्सको सहायक प्रशिक्षक रहेका छन् । जसका कारण अहिले भोम का हुमलाई मुख्य प्रशिक्षकका रुपमा जिम्मेवारी दिएको छ ।

उनले गत फेब्रेवरीबाट मात्र टिमको प्रशिक्षणको जिम्मेवारी सम्हालेका हुन् । प्रशिषक भोमसँग प्रशिक्षणको निकै कम अनुभव रहेको छ । २०१८ मा को सेप्टेम्बरमा पनि उनले चाइनिज ताइपेईको केयर टेकर प्रशिक्षकका रुपमा काम गरेका थिए । एएफसी प्रो लाइसेन्स भएकाले संघले उनलाई मुख्य प्रशिक्षकमा ल्याएको हो ।

यो पटक ताइपेई टिमका चार मुख्य खेलाडी युरोपमा नै रहेका छन् । उनीहरु कोभिडको नियमका कारण टिममा फर्किन पाएनन् । टिममा १० खेलाडीले क्वारेन्टिनको नियम र ब्यक्तिगत कारण यो पटक टिममा आउन मानेनन् । त्यसमा चार जना विदेशी लिग खेल्ने खेलाडी रहे भने ६ खेलाडी घरेलु लिग नै खेल्ने थिए । तर उनीहरुले स्वास्थ्य सावधानी र ब्यक्तिगत कारण पहिलो चरणमा नै टिमको प्रशिक्षणमा सहभागि भएनन् ।

तर उसका एक जना विदेशमा रहेका खेलाडी उ लिब इङ यो प्रतियोगिताका लागि विहिबार विहानमात्र कुवेत पुगेका छन् । यसपटक नयाँ टिमका साथ कुवेत पुगेको चाइनिज ताइपेइ टिमलाई त्यहाँको गर्मीले निकै सताएको छ । पहिलो पटक कुवेतमा खेल्ने तयारीमा रहेको ताइपेई टिमले नेपाल भन्दापनि ठूलो चुनौती कुवतेको गर्मी रहेको ठानेको छ ।

करिव डेढ बर्षसम्म कुनैपनि अन्तराष्ट्रिय फुटबल नखेलेको चाइनिज ताइपेई टिममा मात्र होइन, नेपाली टिममा पनि निकै परिवर्तन भइसकेको छ । प्रशिक्षक देखि ताइपेईसँग २०१९ मा खेल्दाका धेरै खेलाडी परिवर्तन भइसकेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलाडीमा आत्मविश्वास भर्ने काम गरिरहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey