‘नेपालले ताइपेईविरुद्ध आक्रामक फुटबल खेल्नुपर्छ’

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 1493 पटक हेरिएको
सुगत पराजुली

सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कप अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाईनिज ताईपेइविरुद्ध आज खेल्दैछ ।
अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा नेपाल र ताईपेइ भिड्न लागेका हुन् । त्यसपछि नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ ।

विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना सकिएको नेपालका लागि एसियन कपको तेस्रो चरणमा पुग्नका लागि ताइपेईसँगको खेल महत्वपूर्ण छ । किनभने ताइपेई नेपालका लागि आफ्नै स्तरको प्रतिद्वन्द्वी हो । अझ नेपालले ताइपेईसँग अहिलेसम्म हारेको पनि छैन । एक खेल बराबरीमा सकिएको थियो भने अर्को खेलमा नेपाल विजयी भएको थियो । यो नेपाल र ताइपेईबीचको तेस्रो भेट हो । तेस्रो भेटमा समेत नेपाल आफुभन्दा ३० औं स्थान माथिको ताईपेविरुद्ध दोस्रो खेलको नतिजालाई निरन्तरता दिन चाहन्छ । बाँकी दुई खेलमा ताईपेभन्दा बलिया टोली रहेका कारण नेपाल ताईपेविरुद्ध नेपालले स्पष्ट ३ अंक चाहन्छ ।

फिफा वरीयतामा नेपाल भन्दा ताईपेइ माथि छ । ताईपेइ १४१ औं स्थानमा छ भने नेपाल १७१ स्थानमा छ । बिहीबार ताइपेईलाई पराजित गर्न सके नेपालका उत्कृष्ट चौथो टिम बनेर सिधैं एसियन कपको तेस्रो पुग्ने सम्भावना हुनेछ । चौथो टिम बन्न नसकेमा फेरि अर्को प्ले अफ खेल्नु पर्ने हुन्छ ।

नेपालले लगातार रुपमा अन्तर्राष्ट्रिय खेलहरु खेल्दै आएको छ । चाईनिज ताईपे भने कोरोनाको लहर पछि पहिलो पटक अन्तरास्ट्रिय खेल खेल्न लागेको हो, तेसैले पनि नेपालले मनोबल उच्च गरेर खेल्ने हो भने जित निकै सहज हुने अनुमान गरिएको छ ।

तेइपेइको सबै खेलाडीहरु आफ्नै घरेलु लिगमा व्यबसायिक फुटबल खेल्ने गर्छन । तेइपेइका प्रशिक्षकका अनुसार अनुभवी खेलाडी कोरोनका करण उपस्थित हुन सकेका छैनन् र हावा पानीले पनि निकै कठिन भै रहेको छ । यसै कुराको फाइदा उठाई नेपालले अनुभवको प्रयोग गर्दै खेलमा पकड जमाउना जरुरी छ ।

नेपाली फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले युवा टोलीबाट नतिजाको अपेक्षा भन्दा केहि धैर्य गर्न आग्रह पनि गर्दै आएका छन् । ‘हामीले छनोटको तयारी गर्न धेरै खेल खेल्न पाएनौं । हामीसँग युवा तर निकै प्रतिभावान खेलाडी छन् । हामीले उनीहरुलाई धेरै दबाबमा राख्नु हुँदैन,’ उनले भने ‘हामी समूहको चौथो स्थान पक्का गरेर एसियाली कप छनोटमा राम्रो स्थान हासिल गर्न चाहन्छौं । त्यसैले पनि हामी जितको लक्ष्यसहित नै उत्रनेछौं,’ उनले भनेका छन् ।

 

नेपालले फेरी पनि अट्याक गरेर (आक्रामक) खेल खेल्न निकै जरुरी देखिन्छ । अट्याक खेल खेल्ने हो भने ताइपेइलाई प्रेसर पर्छ र नेपाललाई गोल निकाल्न पनि सजिलो हुने देखिन्छ । ताइपेइ सँगको खेलमा जित निकाल्न सकेमा एसियन कुप् छनोटमा पनि नेपाललाई सहज हुने छ । अरेबियन मुलुकको हावा पनीमा एक खेल खेलिसकेको नेपाल केहि अनुभवसँग चाईनिज ताईपेइ बिरुद्ध खेल खेल्ने छ । नेपाली फुटबल टिमलाई खेलको अग्रिम बधाई ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey