Mega Bank

नाैं बर्ष पुरानाे ट्विटले इंग्ल्याण्डका बलर रोबिनसनमाथि प्रतिबन्ध लाग्नसक्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 239 पटक हेरिएको

इंग्ल्याण्डका तिब्रगतिका बलर ओली रोबिनसनमाथि प्रतिबन्ध लाग्ने ठूलो संभावना रहेको छ । न्यूजिल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो दिन उनले आफ्नो ट्विटरमा रहेको भनाईका कारण उनी निकै विवादमा भएका छन । जसका कारण उनलाई जरिवाना लगाउनुका साथै प्रतिबन्ध पनि लाग्न सकिने इंग्ल्याण्ड क्रिकेट बोर्डका प्रमुख टोम हारिसनले बताएका छन ।

ओलीले आफ्नो ट्विटरमा रंगभेद र लैंगिक विभेद हुने किसिमको भनाई राखेका थिए । जसका विषयमा अनुसन्धान भइरहेको छ ।

उनलाई भारी जरिवाना लगाउनुका साथै प्रतिबन्धसम्म लगाउने संभावना रहेको बताइएको छ । उनले नौ बर्ष अगाडी गरेको सो ट्विटलाई एक जना फलोअर्सले फेरी रिट्विट गर्दा देखिएको थियो । न्यूजिल्याण्डविरुद्धको खेलका लागि इंग्ल्याण्ड टिम मैदानमा लाइनअप भइरहेका बेला सोसियल मिडियामा उनको पुरानो ट्विट विवादमा आइसकेको थियो ।

इंग्ल्याण्ड क्रिकेट बोर्डले लैंगिक र जातीय विभेदमा कुनैपनि कुराको शुन्य सहनसिलता लिएको छ । उनले एशियन मानिस र मुस्लिम ब्यक्तिका विषयमा ट्विटमा आफ्नो भनाई लेखेका थिए । जुन अहिले विवादमा परेको छ ।

न्यूजिल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो दिन उनले दुई विकेट लिएका थिए । उनले इंग्ल्याण्ड टिमबाट लर्डसमा डेब्यु गर्दा करियरको सबै भन्दा खुसीको दिन भनिरहेका बेला पुरानो ट्विटले भने करियरलाई नै धक्का दिने संभावना रहेको छ ।

भर्खरै

Advertisement