बेन्जिमाले पेनाल्टी मिस गरेको खेलमा विश्वकप विजेता फ्रान्सको सानदार जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 762 पटक हेरिएको

युरो कपको तयारीमा रहेको फ्रान्सले मैत्रीपूर्ण फुटबलमा फराकिलो जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा विश्वकप विजेता फ्रान्सले वेल्समाथि ३–० गोल अन्तरको जित दर्ता गरेको हो ।

२५ औं मिनेटमा वेल्स १० खेलाडीमा झरेको थियो । उसका एलिएन्ज रिभेरा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
त्यसपछि दबावमा परेको वेल्समाथि फ्रान्सले तीन गोल गरेको हो । फ्रान्सका लागि केलियन एम्बाप्पे, एन्टोइन ग्रिजमन र ओसमान डेम्बेलेले एक एक गोल गर्दा करिम बेन्जिमाले भने पेनाल्टीमा गोल गर्न असफल भएकाथिए ।

एलिएन्जले रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टीमा बेन्जिमाले गोल गर्न भने असफल रहेका थिए । ३४ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोल गरेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको थियो । ग्रिजमनले ४७ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । उनले एम्बाप्पेको सहयोगमा गोल गरेका थिए । यसैगरी ७९ औं मिनेटमा डेम्बेलेले गोल गरेपछि फ्रान्स तीन सून्य गोल अन्तरले विजयी भयो । टिमका लागि तेस्रो गोल गर्ने डेम्बेले ७३ औं मिनेटमा एम्बाप्पेलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए ।

युरो कप अन्तर्गत फ्रान्सले पहिलो खेलमा जर्मनीसँग जुन १५ तारिखमा खेल्ने छ । यसैगरी वेल्सले भने जुन १२ तारिखमै स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal