नेपाल र चाइनिज ताइपेईको खेल आज राति

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२०
  • |
  • 618 पटक हेरिएको

फिफा विश्वकप तथा एशिया कप छनोट अन्तर्गत आज नेपालले चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दै छ । कुवेतमा हुने यो खेल राति पौने १० बजेदेखि शुरुहुने छ ।

नेपालले अहिलेसम्म छानोट अन्तर्गत ५ खेल खेल्दा चार खेलमा पराजय र एक खेलमा मात्रै जित हात पारेको छ । नेपालले समूह चरणको पहिलो खेलमा चाइनिज ताइपेईविरुद्ध उसकै मैदानमा २–० गोल अन्तरको जित दर्ता गरेको थियो ।
कुवेतको जाबेर अल अहमेद स्टेडियममा हुने खेलका लागि दुबै टिमले तयारी पुरा गरेका छन् । यो प्रतियोगिताका लागि कुवेत पुग्नेमा नेपाल पहिलो टिम बनेको थियो । कुवेत जानु अगाडि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले ६–२ गोल अन्तरको हार ब्यहोरकेो थियो ।

हाल फिफा बरियतामा चाइनिज ताइपेइ एक सय ४१ औं स्थानमा रहेको छ भने नेपाल एक सय ७१ औं स्थानमा छ । यो पटक नेपाली टिममा केहि नयाँ अनुहार परेका छन् । जसमा इराकविरुद्धको खेलमा नेपालबाट दुई जना खेलाडीले डेब्यु गरेका थिए । नेपाली टिम घरेलु मैदानमा करिव १०–११ दिनको प्रशिक्षणपछि इराक हुँदै कुवेत पुगेको हो । त्यो भन्दा अगाडि नेपाल सुपर लिगमा खेलाडी ब्यस्त रहेकाले पनि टिमको फिटनेसमा त्यति समस्या छैन । तर कुवेतको मौसम नेपालका लागि मुख्य चुनौती रहेको छ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आएपछि ६ जना नयाँ खेलाडीलाई समावेस गरेर कुवेत पुगेको नेपाली टिमको चाहना ताइपेइबाट तीन अंक खोस्ने रहेको छ ।

यो खेलमा नेपाली टिमले इराकविरुद्ध गरेको गल्तिलाई सुधारेर परिपक्व खेल खेल्न जरुरी देखिएको छ । टिममा अञ्जन विष्ट, मनीष डाँगी, नवयुग श्रेष्ठले नै अग्रपंक्ति सम्हाल्ने संभावना रहेको छ । इराकविरुद्धको सेटलाई नै लगभग नेपाली प्रशिक्षकले उतार्ने छन् ।
जसमा गोलकिपरमा किरण चेम्जोङ, डिफेन्समा सुमन अर्याल, दिनेश राजवंशी, अनन्त तामाङ र रोहित चन्द नै हुनेछन । मिडफिल्डमा पुजन उपरकोटी, सन्तोष तामाङ र अभिषेक रिजाल र फरवार्डमा अञ्जन विष्ट, नवयुग श्रेष्ठ र मनीष डाँगीलाई खेलाउने संभावना रहेको छ ।

यो खेलमा पाँच जना सब्सिच्युट खेलाउन पाइनेछ । चार तीन तीनको फरमेसनलाई नेपाली टिमले ताइपेइविरुद्ध खेलाउने संभावना छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey