गाैतमबुद्ध क्रिकेट रंगशालामा दुबो रोप्ने काम सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१९
  • |
  • 815 पटक हेरिएको

चितवनमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालामा दुबो रोप्ने काम सुरु भएको छ । रंगशालाको निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनले मैदानमा दुबो रोप्ने काम सुरु गरेको हो । बुधबारबाट मैदानमा दुबो रोप्ने काम सुरु भएको हो ।

रंगशालामा प्यारापिटको काम पनि भइरहेको छ । यस्तैमा भिआइपी प्यारापिटको टावर एक र दुई मा अहिले काम चलिरहेको छ । रंगशाला निर्माणका लागि आर्थिक समस्या भएपनि धुर्मुस सुन्तलीले काम भने रोकेको छैन ।

मुख्य मैदानमा माटो सम्याउने काम सकिएपछि दुबो रोप्न सुरु गरिएको हो। अब केही महिनापछि मैदान खेल्न योग्य हुनेछ। रंगशालामा अहिले ३ हजार क्षमताको प्याराफिट निर्माण भइसकेको छ।

करिव ३ अर्ब अनुमानित लागतको यस परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey