इंग्ल्याण्ड भ्रमणका लागि भारत आज प्रस्थान गर्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१९
  • |
  • 401 पटक हेरिएको

विराट कोहलीको कप्तानीमा रहेको भारतीय टिम इंग्ल्याण्ड भ्रमणका लागि आज प्रस्थान गर्दैछ । २४ सदस्यिय टिम भोली बेलायत पुग्नेछ । भारतले बेलायतमा न्यूजिल्याण्डसँग टेष्ट च्याम्पियनसिपको फाइनल खेल्नुका साथै घरेलु टिमसँग चार अगष्टबाट पाँच टेष्टको सिरिज खेल्नेछ ।

पुरुष टिमसँगै महिला टिमपनि आजै इंग्ल्याण्ड जानेछ । महिला टिमले इंग्ल्याण्डसँग १६ जुनबाट टेष्ट, एकदिवसियि र टी २० सिरिज खेल्नेछ । जसमा एक टेष्ट, तीन एकदिवसिय र तीन टी २० खेल्नेछ ।

महिला र पुरुष खेलाडीलाई पठाउनका लागि भारतीय क्रिकेट बोर्डले चाटर्ड प्लेनको ब्यवस्था गरेको छ । खेलाडीसँग उनीहरुको परिवारपनि जान पाउनेछ ।

भारतीय महिला र पुरुष टिम लण्डनको हिथ्रो विमानस्थलमा शुक्रबार उत्रिनेछ । त्यसपछि पुरुष टिम साउथह्याम्टन र महिला टिम ब्रिस्टलका लागि जानेछ ।

भारतीय टिमले तीन दिनमा तीन पटक कोरोना परिक्षण गर्नुपर्नेछ । सो समयमा सबैको रिपोर्ट नेगेटिभ आएको खण्डमा उनीहरुले आइसोलेसनमा नै ब्यक्तिगत रुपमा ब्यायम गर्न पाउनेछन ।

जुन ६ बाट भारतीय खेलाडीले सानो समुहमा मैदानमा प्रशिक्षण गर्न पाउनेछ । तीन दिनमा सबैको रिपोर्ट नेगेटिभ आएको खण्डमा उनीहरु क्वारेन्टिनको बाँकी समयमा कोठाबाट बाहिर निस्किएर ब्यायम गर्न पाउनेछन ।

भारतले न्यूजिल्याण्डसँग जुन १८ देखि २२ सम्म टेष्ट च्याम्पियनसिपको फाइनल खेल्नेछ । त्यसपछि चार देखि आठ अगष्टसम्म पहिलो टेष्ट खेल्नेछ भने अगष्ट १२ देखि १६ सम्म दोस्रो र २५ देखि २९ अगष्टसम्म तेस्रो टेष्ट खेल्नेछ । चौथो टेष्ट दुई सेप्टेम्बरदेखि ६ सम्म हुनेछ ।

त्यसपछि पाँचौं टेष्ट १० देखि १४ सेप्टेम्बरसम्म हुनेछ । यस्तै महिला टिमले पहिलो टेष्ट जुन १६ देखि १९, पहिलो एकदिवसिय २७ जुन, दोस्रो खेल ३०, तेस्रो तीन जुलाईमा खेल्नेछ । जसमा दुई खेल ब्रिस्टलमा हुनेछन ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal