रियल, बार्सिलाेना र युभेन्टसलाई यूइएफएले यसैसाता कारवाही गर्ने तयारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१९
  • |
  • 285 पटक हेरिएको

युरोपियन सुपर लिगको संस्थापक क्लवका रुपमा अझैपनि कायमै रहेका तीन क्लव रियल मड्रिड, बार्सिलोना र युभेन्टसलाई युरोपियन फुटबल महासंघले यो साता प्रतिबन्ध लगाउने इटालीयन सञ्चारमाध्यमले बताएका छन ।

सुपर लिगमा सहभागि हुने भनेका तीन क्लव युभेन्टस, रियल र बार्सिलोनाविरुद्ध यूइएफएले यो साता नै कारवाही गर्ने इटालीयन मिडियाले दावी गरेका छन । युइएफए र फिफाको नियम भन्दा बाहिर गएको भन्दै उनीहरुलाई प्रतिबन्ध लगाउने तयारी भएको बताइएको छ । तीनै क्लवविरुद्ध फिफाले अनुशासनको कारवाहीको प्रक्रिया सुरु गरिसकेको छ ।

सुपर लिगको संस्थापक क्लवका रुपमा सुरुवातमा १२ टिम सहभागि थिए । तर नौ क्लव, एसी मिलान, इन्टर मिलान, एट्लेटिको मड्रिड, आर्र्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेड, सिटी, टोटनहम, चेल्सीले युरोपियन फुटबललाई माफी माग्दे ग्रासरुट स्तरका लागि १२.९ मिलियन पाउण्ड दिने सहमति जनाएका थिए । उनीहरुले सुपर लिगबाट बाहिर हुने निर्णय गरेका थिए ।

जा लिगाका अध्यक्ष तथा यूइएफएका कार्यसमितीका सदस्य जाभियर टेबासले रियल, बार्सा र युभेन्टसमाथि कारवाही हुने बताए । इटालीयन पत्रिका ला रिपब्लिकाले तीनै क्लवलाई यूइएफएले च्याम्पियन्स लिगबाट हटाउने बताएको छ । रियल र बार्सिलोनाविनाको च्याम्पियन्स लिग खल्लो हुने भएपनि अब त्यो हुने टेबासले बताए ।

यूइएफएले रियल, बार्सा र युभेन्टसलाई च्याम्पियन्स लिगमा दर्ता नै नलिने भएको बताइएको छ । गत सातामात्र बार्सिलोनाका अध्यक्षले यदि युरोपियन फुटबल महासंघले कारवाही गरेमा आफुहरु अदालत जाने बताएका छन । यता यूइएफएले तीनै क्लवलाई दुई बर्ष च्याम्पियन्स लिगबाट प्रतिबन्ध लगाउने बताएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal