युरो कप तयारी : पोल्याण्ड र रसिया बराबरीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१९
  • |
  • 708 पटक हेरिएको

युरो कपको तयारीमा रेहका पोल्याण्ड र रसियाले एक एक गोलको बराबरी खेलेका छन् । रोवर्ट लेवान्डोस्कीको कप्तानीमा रहेको पोल्याण्डको यो अभ्यास खेलमा भने उनी खेलेका थिएनन् ।

मंगलबार राति भएको खेलमा लेज्लो बेन्सले चौथो मिनेटमै गोल गर्दै पोल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, रसियाले २० औं मिनेटमा बराबरी गोल गरेका थियो । उसका लागि व्याचलेस्लाव करावेवले गोल गर्दै खेल बराबरी गरेका हुन् ।

युरो कप अन्तर्गत पोल्याण्डले जुन १४ तारिखमा स्लाभाकियासँग पहिलो खेल खेल्ने छ भने रसियाले बेल्जियमसँग जुन १२ तारिखमा प्रतिस्पर्धा गर्ने छ ।

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal