Mega Bank

विश्वकप छनाेटमा ताइपेइसँग भिड्न तयारी अवस्थामा नेपाल

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१९
  • |
  • 261 पटक हेरिएको

नेपाली फुटबल टिमले कुवेतमा हुने फिफा विश्वकप छनौटको तयारी अन्तिम चरणमा पुर्याएको छ । कुवेत पुगेपछि नेपाली टिमले दोस्रो दिनपनि रातीको समयमा प्रशिक्षण गरेको छ ।

इराकबाट सोझै कुवेत गएको नेपाली टिममा चोटको समस्या भने छैन । विहिबार चाइनिज ताइपेइसँग खेल्ने तयारीमा रहेको नेपाली टिमले यो खेलमा जितको लक्ष्य राखेको छ । यो खेल जितेको खण्डमा नेपालले एशियन कपमा छनौट हुने संभावना जिवितै राख्नेछ ।

कुवेतको गर्मीलाई केहि छिचोल्नका लागि भएपनि सबै खेल रातीको समयमा गरिने भएको छ । यस्तैमा विश्वकप छनौटका सबै खेल एउटै मैदानमा हुने भएका छन । यसअघि दुई वटा रंगशाला प्रयोग गर्ने भनिएपनि कोरोनाको त्रासका कारण सबै खेल एउटै मैदानमा हुने भएका छन । जसमा नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार राती पौने १० बजेबाट सुरु हुनेछन ।

यसका साथै सबै टिमको पोष्ट म्याच कन्फ्रेन्सपछि भर्चुअलको माध्यमबाट हुनेछ । कोभिडलाई मध्यनजर गरेर भर्चुअलबाट प्रि म्याच कन्फ्रेन्स गर्ने बताइएको छ ।

नेपालले चाइनीज ताइपेईसँग तीन अंकको लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

 

भर्खरै

Advertisement