स्लोभाकिया र बुल्गेरिया बराबरीमा रोकिए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१९
  • |
  • 788 पटक हेरिएको

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा स्लोभाकिया र बुल्गेरियाले एक एक गोलको बराबरी खेलेका छन् ।

स्लोभाकियाको जोसोभो एरेनामा मंगलबार राति भएको खेलमा एक गोलले पछि परेको घरेलु टोलीले बराबरी गर्न सफल भएको हो । नवौं मिनेटमा एटानस इलिभयले गोल गर्दै बुल्गेरियालाई अग्रता दिलाएका थिए ।

बुन्डेस लिगामा अक्सबर्गबाट खेल्ने लेज्लो बेनेसको गोलमा स्लोभाकियाले २७ औं मिनेटमा बराबरी गोल गरेका थिए । त्यसपछि दुवै तर्फबाट कुनै गोल नभएपछि दुवै टिमले एक एक गोलमा चित्त बुझाए ।

युरो कपमा स्लोभाकियाले पोल्याण्डसँग जुन १४ तारिखमा पहिलो प्रतिस्पर्धा गर्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey