Mega Bank

आइसीसीले विश्वकपमा टिम संख्या बढायो, फरम्याटमा पनि परिवर्तन

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 103 पटक हेरिएको

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले एकदिवसिय र टी २० विश्वकपमा टिमको संख्या बढाउने आधिकारीक निर्णय गरेको छ । फ्युचर प्लान अनुसार आइसीसीले एकदिवसय विश्वकपमा १४ र टी २० विश्वकपमा २० टिमलाई समावेश गर्ने आधिकारीक निर्णय गरेको हो ।

आइसीसीको नयाँ योजना अनुसार सन् २०२७ र ३१ को एकदिवसिय विश्वकपमा १४ टिम सहभागि हुनेछन । जसमा ५४ खेलहरु खेलिनेछन । यस्तै २०२४ देखि २०३० सम्म हुने चार संस्करणको टी २० विश्वकपमा २० टिमले सहभागिता जनाउने भएका छन । यी विश्वकपको हरेक संस्करणमा ५५ खेल हुने भएका छन । आइसीसीको यो निर्णयले नेपाल जस्ता देशलाई निकै फाइदा हुने भएको छ ।

एकदिवसिय विश्वकपमा विचमा आइसीसीले टिम संख्या घटाएको थियो । सन् २००७ मा १६ टिमले सहभागिता गर्ने एकदिवसिय विश्वकपमा २०११ र २०१५ मा १४ टिमलाई राखिएको थियो । त्यसपछि २०१९ मा भएको विश्वकपमा मात्र १० दिनले खेलेका थिए ।

तर २०२४ को विश्वकपमा १४ टिमलाई सहभागि गराइने भएको छ । यस्तै आइसीसीले महिला टी २० विश्वकपमा १० टिम र एकदिवसिय विश्वकपमा आठ टिमलाई राख्ने भएको छ ।

यस्तै यू १९ क्रिकेटमा दुबै विधा दुई दुई बर्षमा हुने भएको छ । पहिलो बर्ष पुरुष र दोस्रो बर्ष महिला गरेर आयोजना गर्ने भएको छ ।

टि-ट्वान्टी विश्वकपमा सहभागी हुने २० वटा टिमहरुलाई पाँचवटा समुहमा बिभाजन गरिनेछ जसपछि समुह चरणको खेलमा प्रत्येक समुहबाट उत्कृस्ट दुईवटा टिमहरु सुपर-८ चरण हुँदै सेमीफाइनल र फाइनल प्रवेश गर्नेछन्।

भर्खरै

Advertisement