बीसीसीआईलाई टी-२० विश्वकपकाे टुङ्गाे लगाउन २७ दिनकाे समय

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 586 पटक हेरिएको

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले भारतीय क्रिकेट बोर्डलाई टी २० विश्वकपको तयारीको समिक्षा गर्नका लागि जुन २८ सम्मका लागि समय दिएको छ ।

यदि सो समयसम्म पनि बीसीसीआईले विश्वकपका लागि एकिन गर्न नसकेको खण्डमा स्वतः यूएईमा हुनेछ । यदि यूएईमा भएको खण्डमा टी २० विश्वकपको आयोजनाको अधिकार बीसीसीआईसँग नै हुनेछ भने मैदानमात्र युएईको प्रयोग गर्ने भएको छ ।

अक्टोबर १८ बाट सुरु हुने टी २० विश्वकपका लागि बीसीसीआईले अबको २७ दिनमा निर्णय गर्नुपर्नेछ । आइसीसीले यो पटकपनि भारतमा विश्वकप नभएको खण्डमा प्लान बी मा रहेको युएईमा गर्ने बताएको छ ।

यदि टी २० विश्वकप युएईमा भएको खण्डमा प्रतियोगिताको रेभन्यु बाँडफाँड कसरी गर्ने भन्ने अन्योल रहेको छ । यूएईमा भएको खण्डमा बीसीसीआईले आन्दानीको हिस्सा बाँढ्नु पर्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey