युराेकपका लागि इंग्ल्याण्ड टिमकाे घाेषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 769 पटक हेरिएको

आसन्न युरो कपका लागि इंग्ल्याण्ड टिमले २६ खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा जेसि लिंगार्ड, जेम्स वार्ड, ओली वाटकिन्स, मासोन ग्रिनउड, बेन गोडफ्रेर, बेन ह्वाइट र आरोन राम्सडेल टिम बाहिर भएका छन ।

पहिलो चरणमा ३३ खेलाडी छनौट गरेकोमा अन्तिममा यूइएफएको नियम अनुसार २६ खेलाडीको घोषणा गरेको हो । जसमा प्रशिक्षक ग्यारेथ साउथगेटले सात खेलाडीलाई हटाएका छन । यसमा मासोन ग्रिनउड भने चोटका कारण बाहिर भएका हुन ।

इंग्ल्याण्डले तीन जना गोलकिपर, १० जना गोलकिपर, पाँच जना मिडफिल्डर र विंगर र स्ट्राइकर गरेर आठ जनालाई टिममा राखेको छ ।

हेरी केनको कप्तानीमा रहेको इंग्ल्याण्ड टिममा विश्वकप खेल्ने १३ खेलाडी परिवर्तन भएका छन । तीन बर्ष अगाडी भएको विश्वकपमा टिममा रहेका १३ खेलाडी यो पटक परेका छैनन् ।

इंग्ल्याण्डले युरो कपमा जुलाई ११ मा पहिलो खेल खेल्नेछ । समुह डी मा इंग्ल्याण्डले क्रोयसिया, चेक गणतन्त्त र स्कटल्याण्डसँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey