लुकासले रियलसँग तीन बर्षकाे नयाँ सम्झाैता गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 561 पटक हेरिएको

रियल मड्रिडका लुकास भास्क्वेले रियलसँग तीन बर्षको नयाँ सम्झौता गर्ने भएका छन । क्लवसँगको यसअघिको सम्झौता जुन ३० मा सकिने लुकासले फेरी तीन बर्षका लागि नयाँ सम्झौता गर्ने भएका छन ।

२९ बर्षे लुकासले क्लवमा राम्रो प्रदर्शन गर्दापनि उनको क्लवसँगको नयाँ सम्झौता अन्योलमा थियो । तर अब क्लवले उनलाई तीन बर्षको नयाँ सम्झौता दिने भएको छ । डिफेन्डर लुकासले चोटका कारण अघिल्लो सिजनको लिगमा धेरै खेल गुमाएका थिए ।

नयाँ सम्झौता अनुसार लुकास रियलमा सन् २०२४ सम्मका लागि बस्नेछन । रियलको एकेडेमीको उत्पादक लुकासले क्लवसँगको नयाँ सम्झौताका लागि तयार रहेको बताइएको छ ।

उनी रियलका लागि अहिलेको अवस्थामा सम्झौता नविकरण गर्ने दोस्रो खेलाडी बनेका छन । यसअघि लुका मोड्रिचले क्लवसँग नयाँ सम्झौता गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey