अगुइराेले सिटी छाेड्ने बेला क्लवका सबै स्टाफलाई दिए महंगाे उपहार

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 752 पटक हेरिएको

करिव एक दशक म्यानचेस्टर सिटीमा विताएर बार्सिलोनामा अनुबन्ध भएका सर्जियो अगुइरोले आफ्ना दिलदारीपन सिटीका स्टाफलाई देखाएका छन ।

सिटीबाट खेल्दा आफुलाई सहयोग गरेको भन्दै क्लवका सबै स्टाफलाई केहि न केहि उपहार दिएका छन । सिटी छोडेर जानेबेला अगुइरोले क्लवका स्टाफलाई आफ्नो रेञ्ज रोभर गाडी देखि महंगो घडी उपहार दिएर गएका छन । जसमा हुब्लेट र ट्याग ह्युइरको घडी रहेका छन ।

सिटीबाट १५ वटा उपाधि जितेका अगुइरोले यो समयमा साथ दिने स्टाफलाई एक हजार पाउण्ड देखि १६ सय ५० पाउण्ड पर्ने घडी उपहार दिएका छन । ३२ बर्षे अगुइरो सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन ।

सिटीबाट पाउँदै आएको तलव भन्दा आधामा बार्सिलोना गएका अगुइरो र मेस्सीको कम्बिनेसन फेरी देखिने भएको छ । दुई अर्जेन्टिनी खेलाडीले अबको सिजनमा बार्सिलोनाको आक्रमण सम्हाल्नेछन । अगुइरो दुई बर्षका लागि बार्सिलोनामा अनुबन्ध भएका हुन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey