Mega Bank

स्टाेक्स नखेल्ने हुँदा ब्राेड इंग्ल्याण्ड टिमकाे उपकप्तान

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 104 पटक हेरिएको

बुधबारबाट सुरु हुने न्यूजिल्याण्डविरुद्धको टेष्ट सिरिजमा इंग्ल्याण्ड टिमको उपकप्तानमा स्टुवार्ट ब्रोड चुनिएका छन ।

इंग्ल्याण्डको उपकप्तानमा रहेका बेन स्टोकले न्यूजिल्याण्डविरुद्धको पहिलो टेष्ट नखेल्ने भएपछि ब्रोडलाई उपकप्तानी दिइएको हो ।

चोटका कारण स्टोक्सले न्यूजिल्याण्डविरुद्धको सिरिज नै गुमाउने भएका छन । टिमका उपकप्तान भएपछि उनले पहिलो टेष्ट खेल्ने पक्का भएको छ ।

अलराउण्डर बेन स्टोक्सले सिरिज नखेल्ने भएपछि टिमलाई दबाव भने बढेको छ । इंग्ल्याण्ड टिमका कप्तान जोय रुटले पनि आफ्ना मुख्य अलराउण्डर टिममा नहुँदा त्यसले केहि फरक पर्ने बताए ।

इंग्ल्याण्ड र न्यूजिल्याण्डविचको पहिलो टेष्ट लर्डसमा बुधबारबाट सुरु हुनेछ । यता सिमित ओभरको टिममा पनि जोस बट्लर र स्टोक्स नहुँदा इयोन मोर्गनलाई जिम्मेवारी दिइएको छ ।

भर्खरै

Advertisement