लिंगार्ड र ग्रिनउडले युराेकप खेल्न नपाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 778 पटक हेरिएको

आसन्न युरो कपका लागि इंग्ल्याण्ड टिमबाट जेसी लिंगार्डलाई हटाइने भएको छ । साथै चोटका कारण मासोन ग्रिनउड पनि टिमबाट बाहिर हुने भएका छन ।

प्रारम्भिक सूची सार्वजनिक गर्दा ३३ खेलाडीलाई अटाएका प्रशिक्षक साउथगेटले मंगलबार २६ जनाको अन्तिम सूची सार्वजनिक गर्नेछन । जसमा लिंगार्ड र ग्रिनउड बाहिरीने पक्का रहेको छ । यसका साथै ट्रेन्ट आर्नोल्ड, जेम्स वार्ड, बेन ह्वाइट, आरोन राम्सडेल बेन गोडफ्रेको स्थान पनि लडखडाएको डेली मेलले बताएको छ ।

मिडफिल्डर लिंगार्डले गत सिजन लोनमा वेष्ट ह्याममा विताएका थिए । उनलाई साउथगेटले प्रिमियर लिगको दोस्रो हाफमा गरेको प्रदर्शनका आधारमा सुरुवाती सूचीमा राखेका थिए । तर पशिक्षणमा उनले सोचेको जस्तो राम्रो गर्न नसकेको बताइएको छ ।

यस्तै म्यानचेस्टर युनाइटेडका ग्रिनउडपनि चोटका कारण टिमबाट बाहिर हुने भएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey