एन्सेलाेटी रियलकाे नयाँ प्रशिक्षक, तीन बर्षकाे सम्झाैता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 343 पटक हेरिएको

स्पेनीस क्लव रियल मड्रिडले कार्लो एन्सेलोटीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ ।

प्रशिक्षक जिनेदिन जिदानले क्लव छोडेपछि केहि समय अन्योलमा रहेको रियलले अन्तिममा पूर्व प्रशिक्षक कार्लो एन्सेलोटीलाई फेरी प्रशिक्षकमा अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लव एभर्टनका प्रशिक्षक रहेका कार्लोलाई तीन बर्षको सम्झौता गरेको छ ।

जिदानले राजिनामा दिएपछि एलिग्री, पोचेटिनो, राउल र जाबी अलान्सोको चर्चा भएको थियो । तर अन्तिममा उसले कार्लोलाई नै अनुबन्ध गरेको छ ।

एन्सेलोटीले यसअघि सन् २०१३ देखि २०१५ सम्म रियलको प्रशिक्षकको रुपमा काम गरेका थिए । जसमा उनले रियललाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

लिस्बोनमा सन् २०१४ मा भएको फाइनलमा उनको प्रशिक्षणमा रियलले एट्लेटिको मड्रिडलाई हराउँदै १० औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।

६१ बर्षे एन्सलोटी जिनेदिन जिदानले क्लव छोडेपनि उनको स्थानमा जान लागेका हुन । रियलले उनर्ला नयाँ प्रशिक्षकका रुपमा केहि घण्टामा औपचारिक घोषणा गर्नेछ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey