महिला टी-२० बरियतामा नेपाल १४ औं स्थानमा यथावत, सिता ९० औं स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 692 पटक हेरिएको

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले जारी गरेको महिलाको नयाँ बरियतामा नेपाली खेलाडी सिता रानामगर ९० औं स्थानमा एथावत रहेकी छिन ।

आइसीसीले जारी गरेको नयाँ बरियतामा सिता अघिल्लो बरियतामा नै यथावत रहेकी हुन ।

महिलाको विश्व बरियतामा नेपालबाट पर्ने सिता एक्लो खेलाडी हुन । बाँया हाते ब्याट्सम्यान सिताले दक्षिण एशियाली खेलकुद खेलपछि अन्तराष्ट्रिय क्रिकेट नखेलेपनि उनी बरियतामा पर्न सफल भएकी छिन ।

महिलाको बरियताको ब्याटिङमा भारतीय खेलाडी सेफाली बर्मा शिर्ष स्थानमा छिन । दोस्रो स्थानमा अष्ट्रेलियाकी बेथ मोनी छिन भने सोहि देशकी मेग लानीङ तेस्रो र भारतीय स्मृती मन्धाना चौथो स्थानमा छिन ।

यस्तै टी २० को बरियतामा नेपाल १४ औं स्थानमा यथावत रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal