आईसीसीकाे महिला लिडरसिपमा २९ देशका ४० जना छनाेट, नेपालबाट परेनन्

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 311 पटक हेरिएको

महिला क्रिकेटको विकास र लिडरसिपका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले शुरु गरेको क्रिकेट फ्युचर लिडर्स कार्यक्रममा २९ सदस्य देशका ४० महिलालाई आईसीसीले छनाेट गरेको छ । जसमा नेपालबाट भने एक जना पनि परेका छैनन् ।

क्रिकेटमा महिला क्षमतालाई अगाडि बढाउने लक्ष्यका साथ आईसीसीले शुरु गर्न लागेको कार्यक्रममा ४५ देशका तीन सय जनाको आवेदन परेको थियो । पछिलो चरणमा छनौट भएकाहरुलाई दुई ब्याचमा राखेर लिडरसिप तालिम दिइनेछ ।

यो महिनाबाट सुरु हुने कार्यक्रममा पहिलो चरणमा अमेरिका, पाकिस्तान, बर्मुडा, आयरल्याण्ड, नेदरल्याण्ड्स, भारत, अफगानिस्तान, इंग्ल्याण्ड, ओमान,  ब्राजिल, दक्षिण अफ्रिका, अष्ट्रेलिया, रुवान्डा, वेष्ट इन्डिज, कुवेत, युगान्डा, न्यूजिल्याण्ड, स्कटल्याण्ड र केन्या परेका छन् ।

दोस्रो चरणमा यो कार्यक्रममा अरु देशहरुमा हुनेछ । अहिलेकाे यो कार्यक्रमका लागि नेपालबाट भने कोहिपनि परेनन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey