मेन्टल हेल्थ खेलाडीको मुख्य चुनौती बन्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 441 पटक हेरिएको

खेलकुदमा कुनैपनि खेलाडीलाई शारिरीक फिट भएरमात्र हुँदैन, मानसिक रुपमा पनि निकै फिट हुन जरुरी हुन्छ । खेलाडी शारिरीक रुपमा फिट भएर मैदानमा राम्रो गरिरहेका बेलापनि मानसिक रुपमा भित्र भित्र डिप्रेसनमा भइरहेको हुन सक्छ, त्यो कुरा की खेलाडी की उनका आफन्तलाई मात्र थाहा हुन्छ ।

यसअघि क्रिकेट, फुटबलमा मेन्टल हेल्थका कारण खोडीले खेलबाट केहि समय ब्रेक लिएको निकै समाचारहरु हामी सुनेका थियौं । अहिले फेरी टेनिसकी स्टार खेलाडी नाओमी ओसाका पनि मेन्टल हेल्थको शिकार भएकी छिन । सन् २०१८ को यूएस ओपन जितेपछि आफु मेन्टल हेल्थको शिकार भएर डिप्रेसनमा गएको र यो कुरा आफु भित्रमात्र सिमित राखेको बताएकी छिन ।

आफु डिप्रेसनमा छु भनेर कहिलेपनि बाहिर देखाउन चाहिन । सकेसम्म आफुले आफुलाई ब्यस्त राखेर यो कुरालाई विर्सिने प्रयासमा रहेको विज्ञेप्तीमा उल्लेख गरेकी छिन । सन् २०१८ देखि आफु जुन मानसिक अवस्थामा तल परेको थिए, त्यो आफुलाईमात्र थाहा भएको उनले लेखेकी छिन । यदि कसैले मैले कोर्टमा प्रवेश गर्दा नोटिस गरेको भए सधै हेडफोन लगाएर दिमागलाई फ्रेस बनाउन लगाउने गर्ने गरेको बताएकी छिन ।
केहि दिन अगाडी आफुले फ्रेन्च ओपनमा पत्रकारसँग फेस टु फेस नहुने भन्ने कुरालाई सार्वजनिक गर्दा मिश्रीत प्रतिक्रिया पाएको बताइन ।

अन्ततः उनले फ्रेन्च ओपनको यो संस्करणबाट नाम फिर्ता लिने निर्णय गरिन । उनले आगामी संस्करणमा आयोजकसँग कुरा गरेर फेरी फर्किने बताइन ।

ओसाकाले जुन तरिकाले आफ्नो मेन्टल हेल्थको कुरालाई बाहिर ल्याइन, त्यसमा उनको भलो चाहने र साथ दिनेको अहिले लाइन लागेको छ । सोसियल मिडियामा यतिबेला ओसाकालाई यो पिडाबाट चाँडै बाहिर निस्किउन भनेर पूर्व खेलाडी तथा अहिलेका खेलाडीले पनि शुभकामना दिनेको लाइन नै लागेको छ ।

खेलाडीका लागि मेन्टल हेल्थ कतिको महत्वपुर्ण हुन्छ भन्ने खेलाडीलाई मात्र थाहा छ । मैदानमा उत्रदा मानसिक रुपमा फिट नहुँदाको पिडा खेलमा प्रष्ट देखिन्छ । यो कुरा नेपाली खेलाडीलाई पनि लागु हुन्छ । तर यस्तो कुरा बाहिर ल्याएको खण्डमा टिमबाट बाहिर हुने हो की भन्ने पनि डर हुन्छ । त्यसैले पनि यो कुरालाई उनीहरुले लुकाएर नै राख्ने गरेका हुन्छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal