विश्वकप छनोटका खेल कान्तिपुर टिभीबाट हेर्न पाइने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 953 पटक हेरिएको

नेपालले खेल्ने फिफा विश्वकप छनोट फुटबल नेपालमा पनि हेर्न पाइने भएको छ ।

कोरोना महामारीका कारण कुवतेमा हुन लागेको छनोट अन्तर्गतका बाँकी तीन खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

२० गते चाइनिजत ताइपेइसँग खेल्दै छ भने नेपालले २४ गते जोर्डनसँग प्रतिस्पर्धा गर्ने छ ।

अन्तिम खेल अन्तर्गत नेपाल र अस्ट्रेलियाबीच जेठ २८ गते हुने छ । नेपालले खेल्ने सबै खेल राति पौने १० बजेदेखि शुरुहुने छ ।

विश्वकप छनोट अन्तर्गत नेपालले अहिलेसम्म एक खेलमा जित हात पारेको छ भने अरु चार खेलमा पराजय भोगेको छ ।

नेपालले चाइनिज ताइपेइलाई मात्रै उसकै मैदानमा जितेको थियो । अस्ट्रेलिया, कुवेत र जोर्डनसँग पराजित भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey