युरोको सदाबहार दावेदार-स्पेन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 754 पटक हेरिएको

सम्भवतः क्लब फुटबलमा युरोपकै सबैभन्दा बलियो मुलुक हो स्पेन । राष्ट्रिय टोलीको उपलब्धीको सवालमा भने प्रशंसक र फुटबल पण्डितहरुको चाहना र अनुमान विपरित स्पेनले युरो उपाधिमा ४४ वर्षको संघर्ष गर्नुपरेको थियो ।

सन् १९६४ मा पहिलोपल्ट युरो जितेको स्पेनले अर्कोपल्ट जित्न ४४ वर्ष लगायो । तर उसले सन् २००८ र २०१२ मा प्रतियोगिता जितेर लगातार युरो जित्ने एकमात्र देशको कीर्तिमान भने बनाएको छ ।

मुख्य खेलाडी

सर्जियो बुस्केट (१२२ क्याप, २ गोल)

वर्तमान विश्वकै उत्कृष्ट मिडफिल्डरमध्येका एक बुस्केट सन् २००९ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेयता टोलीका मुख्य आधार हुन् । सन् २०१२ मा स्पेनले युरो जित्दा उनी प्रमुख सदस्य बनिसकेका थिए । सर्जियो रामोस चोटका कारण टिममा नपरेपछि बुस्केट नै स्पेनिस टोलीका सबैभन्दा अनुभवी सदस्य हुन् । बार्सिलोनाका यी खेलाडीको मिडफिल्डमा शान्त उपस्थिति नै स्पेनको गौरवशाली यात्रामा निर्णायक हुनसक्छ ।

जेरार्ड मोरेनो (१० क्याप, ५ गोल)

यी स्ट्राइकरले सन् २०१९ मा मात्र डेब्यू गरेका हुन् । तर भिल्लारियलको सानदार लयले उनलाई राष्ट्रिय टोलीको बाटो सहज बनाइदियो । स्पेनका लागि १० खेलमा उनले ५ गोल गरिसकेका छन् । तर अहिले नै लुइस एनरिकेका मुख्य स्ट्राइकर बनिसकेका छन् ।

अविष्मरणीय क्षण

युरोपकपमा स्पेनले दुईपल्ट पेनाल्टीमार्फत जित हासिल गरेको छ र दुवै अवसरमा सेस फेब्रिगासले विजयी पेनाल्टी प्रहार गरेका छन्– सन् २००८ को क्वाटरफाइनल र त्यसको चार वर्षपछि पोर्चुगलविरुद्धको सेमिफाइनल

स्पेनले सन् २००८ को युरोको आफ्नो पहिलो खेलमै रुसलाई पराजित गरेको थियो । तर रुसले त्यसपछि लय समात्यो । क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई अतिरिक्त समयमा हराएर रुस प्रतियोगिताको डार्क हर्सको रुपमा उदायो । सेमिफाइनलमा स्पेनले रुसलाई सजिलै ३–० ले हरायो ।

सन् २००८ मा भियानामा भएको फाइनलमा अन्तिम सिठ्ठी बजेसँगै स्पेनले ४४ वर्षको प्रतीक्षा पूरा भएकोमा अविष्मरणीय खुसी मनाएको थियो ।

र, यो पनि जान्नुहोस्

स्पेनले सन् २००८ र २०१२ को युरोमा नकआउट चरणमा एक गोल पनि खाएन

सन् २०१२ मा इटलीमाथिको ४–० को जित युरो फाइनलको कीर्तिमान बराबर हो ।

सन् २०१६ को संस्करणमा समूह चरणमा क्रोएसियासँग पराजित हुनुअघि स्पेनले लगातार १४ खेलको जित यात्रा कायम राखेको थियो । सन् २००८ र २०१२ मा सबै खेल जितेको उसले २०१६ मा दुई खेल जितेको थियो । र पछिल्लो दुई खेल उसले हारेको छ । क्रोएसियासँग हारेपछि स्पेनले सन् २०१६ को संस्करणको अन्तिम १६ मा इटलीसँग हार ब्यहोरेको थियो ।

लुईस इनरिकेल युरो २०२० का आठजना प्रशिक्षकमध्येका एक हुन् जसले युरो खेलेका छन् । उनीबाहेक फ्रान्सका डिडियर डेसच्याम्प, इटलीका रोवर्टो मान्सिनी, रुसका स्टानिलाभ चेर्चेसोभ, नेदरल्याण्ड्सका फ्र्यांक डी बोर, युक्रेनका एन्ड्र चेभ्चेन्को, इंल्याण्डका ग्यारेथ साउथगेट र पोल्याण्डका पाउलो सोउसा छन् ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal