भारतको इंग्ल्याण्ड टुरमा खेलाडीका परिवार पनि जान पाउने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१८
  • |
  • 589 पटक हेरिएको

इंग्ल्याण्डले भारतीय क्रिकेटरका परिवारलाई पनि आफ्नाे देश आउने अनुमति दिएको छ ।

भारतीय पुरुष टिम इंग्ल्याण्डमा टेस्ट च्याम्पियनसिपको फाइनल खेल्न र महिला टिम एक दिवसीय सिरिजका लागि जाँदै छ । पुरुष र महिला टिम जुन ३ तारिखमा एउटै चाटर्ड उडानमार्फत जाने तय भएको छ ।

इंग्ल्याण्डले पुरुष र महिला टिमका परिवारका सदस्यका साथै सर्पोटिङ स्टाफका परिवारलाई पनि अनुमति दिएको छ ।

भारतीय टिम मुम्बईबाट लण्डन जाने छ ।

दुवै टिमलाई साउथह्याम्पटनमा राखिने छ । त्यहाँको क्वारेन्टिन पिरियड सकिए पछि महिला टिम भने ब्रिस्टल प्रस्थान गर्ने छ ।

साउथह्याम्पटनमा १८देखि २२ जुनसम्म टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतले न्यूजिल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey