Mega Bank

काेभिड भ्याक्सिन लगाएका दशर्कले स्टेडियममै आईपीएल हेर्न पाउने !

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 126 पटक हेरिएको

आईपीएलका बाँकी ३१ वटा खेल युएईमा आयोजना गर्ने पक्का भइसकेको छ । तर मिति भने तय भएको छैन । कोरोना महामारीका कारण भारतमा बन्द रंगशालामा भएको प्रतियोगिताका दौरान खेलाडीहरु पनि संक्रमित भएपछि प्रतियोगिता नै अनिश्चित समयका लागि स्थगित भएको थियो ।

भारतमा कोरोना महामारीको संक्रमण दर बढ्दै गएपछि आईपीएलका बाँकी बचेका ३१ खेल युएईमा आयोजना गर्ने विषयमा बीसीसीआईमा निर्णय भइसकेको छ ।

युएई क्रिकेट बोर्डले पनि बीसीसीआईको योजनालाई स्वीकृति प्रदान गरिसकेको छ । यस्तैमा बीसीसीआई उपाध्यक्ष राजीव शुक्ला, सचिव जय शाह, कोषाध्यक्ष अरुण धूमल र आईपीएलका अध्यक्ष बृजेश पटेल अहिले युएई पुगेका छन् । र अध्यक्ष सौरभ गांगुली पनि बुधबार युएई पुग्ने जनाएको छ ।

बुधबार युएईको इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी)का पदाधिकारीसँग छलफल हुने छ । आईपीएलका बाँकी खेल सेप्टेम्बर देखि अक्टुबरमा गर्ने योजना बनाएको बीसीसीआईले मिति चाँडै सार्वजनिक गर्ने जनाइएको छ ।

बीसीसीआई उपाध्यक्ष शुक्लाले युएई सरकार र ईसीबीले दशर्कहरुलाई प्रवेश दिने या नदिने विषयमा छलफल गर्ने बताए । कोरोना भ्याक्सिन लगाएकालाई स्टेडियमकको ५० प्रतिशत सहभागी गराउने योजना आफ्नो रहेको पनि बताए ।

ईसीबीको निर्णय नै आफूहरुलाई मान्य हुने पनि उनको जवाफ थियो । यसैगरी अध्यक्ष गांगुली र शाहका साथै राजीवले पनि आईसीसीको बैठकमा पनि सहभागिता जनाउने छन् । आईसीसीको बैठकले टी २० विश्वकप आयोजनाबारे निर्णय गर्ने जनाइएको छ । एजेन्सीको सहयोगमा

भर्खरै

Advertisement