अगुइराेकाे बार्सिलाेना जानु अगाडी घुँडाकाे बिशेष जाँच

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 564 पटक हेरिएको

म्यानचेस्टर सिटीमा एक दशक विताएका सर्जियो अगुइरो बार्सिलोना गएका छन । उनलाई बार्सिलोनाले सार्वजनिक गर्नु भन्दा अगाडी उनको घुँडाको टेष्ट भएको छ ।

दुई बर्षको सम्झौतामा बार्सिलोनामा अनुबन्ध भएका अगुइरोलाई आधिकारीक रुपमा भित्र्याउन अगाडी उनको घुँडाको टेष्ट भएको हो । यसका मुख्य कारण उनको घुँडाको अवस्था ठिक भएको छ की छैन भनेर टेष्ट गरेको हो ।

केहि महिना अगाडी अगुइरोको घुँडामा चोट लागेको थियो । जसका कारण उनी केहि महिना मैदान बाहिर रहेका थिए । उनले सिटीबाट सिजनको फायनल सातामात्र खेल्न फिट भएका थिए ।

३२ बर्षे अगुइरो सोमबार बार्सिलोनामा मेडिकल टेष्ट गरिएको छ । जसमा उनको घँडाको चोटका अवस्थाका बारेमा विशेष जाँच गरिएको थियो । उनी यो टेष्टपछि कोपा अमेरीकाका लागि अर्जेन्टिना जानेछन । तर सो प्रतियोगिता अर्जेन्टिनामा नहुने भएपछि अन्योलमा परेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey