गण्डकी प्रदेशको बजेट प्राथमिकतामा नवौं राष्ट्रिय खेलकुद परेन!

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 866 पटक हेरिएको

कास्की । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०७८–७९ मा अन्तर्राष्ट्रिय स्तरका खेल पूर्वाधार निर्माणमा जोड दिने भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सभामा सोमबार सरकारले ल्याउन लागेको बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्दै पूर्वाधार निर्माणमा जोड दिने बताएका छन् ।

सिद्धान्त तथा प्राथमिकतामा गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको विषय भने समेटिएको छैन । यो प्राथमिकता मात्रै भएकाले नवौंका लागि प्रदेश सरकारले बजेट सार्वजनिक गर्दा समेट्ने सत्तारुढ दलका एक सांसदले प्रतिक्रिया दिएका छन् ।

केन्द्र सरकारले भने नवौं राष्ट्रिय खेलकुदलाई बजेट विनियोजन गरेको जनाएको छ । प्रदेश सरकारले प्राथमिकतामा तीन वटा बुँदामा युवा तथा खेलकुदलाई समेटेको छ । तीन मध्य एउटा बुँदामा युवालाई समेटिएको छ भने बाँकी दुई बुँदामा भने खेलकुदलाई उल्लेख गरिएको छ ।

‘खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिइनेछ। अन्तर्राष्ट्रिय स्तरका खेलकुद पूर्वाधार निर्माणमा जोड दिइनेछ।’

यसैगरी खेलकुदको विकासका लागि गण्डकीप्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेमा पनि जोड दिइएको छ । प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेटको प्राथमिकताका आधारमा अब सांसदहरुले छलफल गर्ने छन् । प्रदेश सभाको बजेट भने असार १ मा पेश हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey