पारा जुडेमा प्रसाईलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०२-२६
  • |
  • 216 पटक हेरिएको
नेप्लेज, २६ जेठ । प्रथम बृहत राष्ट्रिय पारा खेलकुद अन्तर्गत राष्ट्रिय पारा जुडो प्रतियोगिताको पुरुष ४५ केजीमा प्रसाई रुम्बाले शनिबार स्वर्ण जितेका छन् ।
 
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५० केजीमा किरण दाहाल, ६० केजीमा आनन्द पाण्डे, ६६ केजीमा आदित्य शेर्पा र ७३ केजीमा मनोज भट्टले स्वर्ण जिते ।
 
महिला ३६ केजीमा सिमा तामाङ, ४० केजीमा स्मारिका पोखरेल, ४४ केजीमा श्रृजना चौधरी र ४८ केजीमा वर्मा बुढा मगर पहिलो भए ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक संघका अध्यक्ष समेत रहेका कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २२ खेलाडीले ९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
 

श्रेष्ठ जापान जाने

नेपाल जुडो संघका महासचिव समेत रहेका नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठ जापानको टोकियो जाने भएका छन् ।
 
अन्तर्राष्ट्रिय निर्णायक श्रेष्ठ अन्तर्राष्ट्रिय दृष्टिविहीन खेलकुद संघ (इब्सा) सेमिनारमा भाग लिन जापान जान लागेका हुन् । जुन १४ देखि १८ तारिखसम्म टोकियोस्थित जुडोको मुख्यालय कोदोकानमा हुने सेमिनारमा सहभागी हुन श्रेष्ठ जुन १३ तारिख जाँदै छन् । प्रतियोगिताको समापन कार्यक्रममै  सदस्य–सचिव विष्टले श्रेष्ठलाई बिदाइ गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey