युरोमा लगातार छनोट, स्लोभाकियाको फर्किएको इतिहास

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 414 पटक हेरिएको

युरो इतिहासमा स्लोभाक खेलडीहरु निकैनै शानदार देखिन्थे, जतिबेला चेकोस्लोभाकियाले सन् १९६० र १९८० मा कांस्य तथा सन् १९७६ मा स्वर्ण जितेको थियो ।

जव चेक रिपब्लिक र स्लोभाकिया छुट्टिए तव उनीहरुको अधोगति सुरु भयो । सन् २०१६ मा पुनरागमन गर्नुअघि स्लोभाकिया लगातार ५ संस्करण छनोट हुनै सकेन ।

मुख्य खेलाडी

मारेक हाम्सिक (१२६ क्याप, २६ गोल)

हाम्सिक स्लोभाकियाको सबैभन्दा धेरै क्याप जित्ने र सबैभन्दा धेरै गोल गर्ने खेलाडीमात्र होइनन, टिमका प्रमुख खेलाडीसमेत हुन् । ३३ वर्षका मिडफिल्डर हाम्सिकले सनु २००७ मा डेब्यू गरेका थिए र २१ वर्षको उमेरमै राष्ट्रिय टोलीको कप्तान भएका थिए । २०१६ को युरो छनोटमा ५ गोलसहित टिमलाई छनोट गराएपछि उनी राष्ट्रिय नायक बनेका थिए ।

मिलान क्रिनियर (३६ क्याप, ० गोल)

इन्टर मिलानका यी सेन्टर ब्याकसँग रक्षाक्षेत्रदेखि नै पास मिलाएर खेलको विकास गर्दै जाने उत्कृष्ट क्षमता छ । सन् २०१७ मा जान डुरिकाले सन्यास लिएपछि उनी राष्ट्रिय टोलीमा नियमित खेलिरहेका छन् । उनले सन् २०१६ को युरोमा दुई खेल खेलेका थिए ।

अविष्मरणीय क्षण

सन् १९७६ को फाइनलमा पश्चिम जर्मनीबिरुद्ध चेकमा जन्मिएका एन्टोनिन पेनेन्काले विजयी पेनाल्टी प्रहार गरेका थिए । तर त्यो टिममा स्लोभाकी खेलाडीको बाहुल्य थियो । प्रशिक्षक भाक्लाभ जाजेक र सहायक प्रशिक्षक जोजेफ भेन्ग्लोस पनि स्लोभाकी नै थिए ।

सन् २०१६ को युरोमा छनोट हुनु स्लोभाकियाली जनताका लागि सबैभन्दा ठूलो प्रतिष्ठाको विषय थियो । उनीहरु सन् २०१० को विश्वकपमै छनोट भएका थिए तर पहिलो युरो छनोटको खुसी बेग्लै थियो ।

स्लोभाकमा जन्मिएका जोजेफ बार्मोसले सन् १९८० को युरोना इटलीविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा विजयी पेनाल्टी प्रहार गरेका थिए । नियमित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी शुटआउटमा चेकोस्लोभाकिया ९–८ गोलले विजयी भएको थियो ।

र, यो पनि जान्नुहोस्

सन् १९८० मा चेकोस्लोभाकियाका लागि युरो खेलेका जान कोजाकले ३६ वर्षपछि २०१६ को युरोमा स्लोभाकियाको प्रशिक्षण गरेका थिए ।

सेन्टर ब्याक क्रिनियर कम उमेरमा युरो डेब्यू गर्ने स्लोभाकियाली खेलाडी हुन् । उन सन् २०१६ मा २१ वर्ष १३० दिनको उमेरमा इंग्याण्डविरुद्ध सब्स्टिच्युड खेलाडीका रुपमा मैदान छिरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey