यूएईको भिषा नपाउँदा पीएसएलमा जाने १३ खेलाडी र अफिसियल घर फर्किए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 710 पटक हेरिएको

पाकिस्तान सुपर लिग खेल्ने तयारीमा रहेका १३ खेलाडीले यूएईको भिषा नपाउँदा घर फर्काइएको छ ।

पीएसएलका लागि कराँची र लाहोरबाट आबुधावी जाने बेला अन्तिम समयमा उनीहरुको भिषा नआएपछि पाकिस्तान क्रिकेट बोर्डले घर फर्काएको हो । उनीहरुले भिषा पाउनका लागि समय लाग्ने भएकाले आफ्नो आफ्नो घर पठाइएको हो ।

उनीहरु सबैले सात दिन होटेल क्वारेन्टिन विताएका थिए भने शुक्रबार यूएई जाने तालिका थियो । तर भिषा नआएपछि उनीहरुलाई घर पठाइएको पाकिस्तान क्रिकेट बोर्ड जनाएको छ ।

उनीहरुको भिषा आएपछि पीसीआर परिक्षण गरेर लगिने भएको छ । यसका साथै बोर्डले पीएसएल खेल्ने १२ खेलाडी अफिसियललाई बहराईन भएर आबुधाबी लग्ने भएको छ । बोर्डले भिषा नपाउने खेलाडीले केहि समय परिवारसँग समय विताउन भनेर घर पठाएको बताएको छ । उनीहरुको भिषाका लागि फेरी प्रक्रिया गरिने भएको छ ।

कोभिडका कारण पाकिस्तानमा प्रतियोगिता खेल्न कठिन हुने भन्दै यूएईमा गर्न सबै टिमले आग्रह गरेपछि पीसीबीले प्रतियोगिता आबुधावीमा गरिन लागेको हो । घर फर्किनेमा ११ खेलाडी र २ अफिसियल रहेकाे बताइएकाे छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey