टोकियो ओलम्पिकमा पुग्ने पहिलो विदेशी टिम अस्ट्रेलिया

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 848 पटक हेरिएको

जापानमा हुन लागेको टोकियो ओलम्पिक खेल्न जाने पहिलो विदेशी टिम अस्ट्रेलिया हुने भएको छ ।

अस्ट्रेलियाको सफ्टबल टिम मंगलबार जापान पुग्ने छ । २३ जुलाईदेखि हुने ओलम्पिकका लागि त्यहाँ पुग्ने अस्ट्रेलियन सफ्टबल टिम पहिलो टिम हुने छ । उसले त्यहाँ क्वारेन्टिनमा भने बस्नु पर्ने छ ।

अस्ट्रेलियाले सफ्टबलका लागि २३ खेलाडी र पाँच जना अफिसियल गरि २८ जनाको टोली पठाउन लागेको हो । अस्ट्रेलियन खेलाडीहरुले कोभिड विरुद्धको खोप लगाई सकेका छन् भने जापानमा पनि पीसीआर परीक्षण हुने छ ।

अस्ट्रेलियन टिमलाई जापानको ओटा सिटीमा राखिने छ ।

ओलम्पिक अघि अस्ट्रेलियाले जापानी टिमसँग अभ्यास खेल खेल्ने तालिका पनि रहेको छ । ओलम्पिकमा सन् २००८ पछि पहिलो पटक सफ्टबललाई समावेश गरिएको हो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey