भलिबलमा १३ सर्भिस गरेर बनाए नयाँ कीर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१६
  • |
  • 1059 पटक हेरिएको

पोल्याण्डका अल्फ्रेडो लियोनले विश्व भलिबलमा नयाँ कीर्तिमान बनाएका छन् । सर्वियाविरुद्धको खेलमा  सर्भिसमा १३ पोइन्ट ल्याउँदै उनले नयाँ वल्र्ड रेकर्ड बनाएका हुन ।

सो खेलमा पोल्याण्डले सर्वियालाई तीन एकको सेटमा हराएको थियो । अल्फ्रेडोले यसअघि रहेको लगातार सात सर्भिसको रेकर्डलाई निकै पछाडि छोडे ।

भलिबलमा लगातार धेरै सर्भिसमा अंक ल्याउने रकेर्ड जापानीज खेलाडी युजी निसिदा र अष्ट्रेलियाका सामुइल वाल्केरको नाममा थियो । उनीहरुले एक खेलमा सात सर्भिसमा पोइन्ट ल्याएका थिए ।

जापनीज खेलाडी युजीले बुल्गेरीया र अष्ट्रेलियन सामुयलले ब्राजिलविरुद्ध सन् २०१९ मा सो रकेर्ड बनाएका थिए ।

भिएनएल सर्वियाविरुद्धको खेलको पहिलो सेट नौ नौ को अवस्थामा रहेका बेला अल्फ्रेडोका सर्भिसको पालो आएको थियो । उनले लगातार १३ सर्भिस एस गर्दै टिमको जितको बाटो निकै सहज बनाएका थिए ।

यसका साथै सो खेलमा नै उनले भलिबलमा फास्टेस्ट सर्भिस गर्ने खेलाडी पनि बनेका छन । उनले सोहि खेलमा एक सय ३५ दशमलव ६ किलोमिटर प्रतिघण्टाको स्पिडमा सर्भिस गरेका थिए ।

सो खेलमा पोल्याण्डले सर्वियालाई २६–२१, २५–१९, २१–२५ र २५–१५ को सेटमा हराएको थियो ।

हेराै भिडियाेमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey