Mega Bank

इराकसँगको खेलपछि नेपाली फुटबलमा देखिएको सकारात्मक संकेत

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१६
  • |
  • 385 पटक हेरिएको
सुगत पराजुली

क्रिकेटको तुलनामा फुटबल खेलमा बिरलै रुपमा अप्रत्यासित नतिजाहरु आउने गर्छ । सामान्य मानिसका लागि फुटबल एउटा पक्षको जित अनि अर्को पक्षको हारको खेल भए पनि फुटबलको जननी मानिने युरोपमा फुटबल सान, मान, व्यापार र प्रतिष्ठाको मापन पनि हो ।

यसै पनि एसियाली फुटबललाई त्यति उत्कृष्ट मानिँदैन, घरेलु लिग बलवान भएमा र एकेडेमी बनाइ प्रशिक्षित बनाएपछि कोरिया, जापान र केही अरेवियन तथा एसियाली फुटबलले अलि-अलि बामे सर्न थालेको हो । तुलना नै हुन नसक्ने बलवान युरोपियन वा दक्षिण अमेरिकी मुलुकसँग नेपालले खेलेमा नतिजा कति अन्तरमा निस्कने हो त्यो कल्पना गर्न सकिँदैन ।

अब धेरै पर नजाउँ एसियाका केही फुटबल महारथीहरुसँग नेपालले पनि कहिलेकाहीँ मैत्रीपूर्ण वा क्वालिफायर म्याचहरु खेलेने मौका पाउने गर्छ । सत्तरी, अशी वा नब्वे तथा मिलेनियम वर्षसम्म पनि नेपालले सामान्य अरेबियन, जापान, कोरिया, चाइना जस्ता मुलुकसँग झन्डै झन्डै दोहोरो अंक सम्म पनि गोल खाने र आफूले कुनैपनि गोल गर्न सक्दैन थियो ।

हालको नेपाली फुटबलको कुरा गर्दा हाम्रो फूटबल खेल कहिले पनि समय सँगसँगै विकाशको गति लिन सकेन । यसको कारण अरु केही नभएर हाम्रो भौगोलिक अवस्था एसियन अनि दक्षिण एसियाली मुलुकहरुको स्तर यसमा हुने लगानी । खेल र देशका पदाधिकारीहरुको उदासीनता आदि थुप्रै कारणहरु छन् ।

फुटबल खेल मात्र नभएर एउटा मनोभाव पनि हो, जहाँ विविध किसिमका इतिहास रचिन्छ । नयाँ सोच केहि परिवर्तनको बीचमा नेपाली कोच अब्दुल्लाह अल्ल्मुताइरीले इराकसँग निकै अपत्यारिलो टिमलाई मैदानमा प्रस्तुत गरे । थ्री नेसन लिगमा राइट ब्याक खेलेका दिनेश राजबंशी खेलको अन्तिम समयमा मात्र मैदान छिरेका थिए, नेपाल सुपर लिग एनएसएलमा निकै उम्दा खेल प्रदर्शन गरेका पुजन उपर्कोटी सोझै सुरुवाती-११ मा पस्न सफल भएका थिए, मनीष डाँगी खेलमा डेब्यू गर्दै गोलसमेत गर्न सफल भए, इराकी गोलरक्षकको गल्तिको उनले भरपुर फाइदा उठाए, उमेर समूहबाट खेलिसकेका भए पनि डाँगीलाई अब्दुल्लाहले नै कोरियाबाट बोलाएर सिनियर टिमको क्याम्पमा राखेका थिए, निकै युवा खेलाडी समाबेश गरिएको खेलमा नवयुग श्रेष्ठ, रोहित चन्द र किरण लिम्बु मात्र अनुभवी थिए ।

May be an image of 9 people and people standing

खेलमा नेपालको स्तर उन्नति प्रस्ट रुपमा देखिन्थ्यो, निकै हाइ लाइन डिफेन्स खेलेको इराकी टोलीलाई नेपाली खेलाडीले चतुर्‍याईंपूर्वक गरेको रन बुझ्न शुरुमा विपक्षीलाई निकै कठिन भैरहेको थियो । निकै अक्रामाक शैलीमा मैदानमा उत्रेको थियो नेपाली टोली ।

अन्जन बिष्टको खेल निक्कै उत्कृष्ट थियो, सुमन लामाको खेल शैली पनि निराशाजनक थिएन, राइट साइडबाट नेपालले निकै कममात्र बल अगाडि लान सफल भयो, जति पनि मौका आए सबै लेफ्टबाट मात्रै सजिलै आइरहेको थियो, तर खेल जित्ने हो भने दुवै पट्टिबाट उस्तै अट्याक हुन जरुरी देखिन्छ, दोस्रो हाफमा नेपालले मौका बनाए पनि राम्रोसँग फाइदा भने उठाउन सकेन ।

May be an image of 11 people, people standing, outdoors and text that says '18 7 ALL NEPAL FOOTBALL ASSOCIATION ANFA ANFA'
डिफेन्समा तालमेल गुमाउन पुग्दा मात्र नेपाली टोलीले अनावश्यक गोल खान पुगेको हो । पहिलो गोलमा किरण लिम्बुको गल्ती प्रस्ट देखियो, ठूलो टिमसँग भएको कारण उनले दवाव महसुस गरेको पनि हुन सक्छ, रोहित चन्दबाट गल्तीहरुको अपेक्षा गरिँदैन तर शनिबारको खेलमा मैदानमा त्यसो भएन , उनले दिएको व्यक पास किरणले भेट्न नसकिने र मुस्किल खाले थियो जसका कारण नेपाली टोलीले सजिलै गोल खान पुग्यो, सुमन अर्यालले गरेको गल्ती पनि उस्तै थियो।

खेलमा इराकले खेलाडीको उचाइ अनि बलिष्ट शारीरिक बनावटको फाइदा भरपुर रुपमा लियो । निकै अग्ला कदका खेलाडीले भरिएको इराकी टिमले हेड मार्फत थुप्रै सुनौलो आवसर पाएको थियो । नेपालको खेल रणनीति काउन्टर अट्याक हो भन्ने कुरा खेलको पहिलो ५ मिनेट मै प्रस्ट भएको आभाष पाइन्थ्यो । पहिलो गोल ब्यहोर्ने बित्तिकै गोल फर्काउनु चानचुने कुरा भने पक्कै हैन त्यो पनि आफूभन्दा फिफा वरियतामा १०३ स्थान माथि रहेको टिमसँग ।

नेपालले अब हुने खेलहरुमा पनि काउन्टर अट्याक खेल्न निकै जरुरी देखिन्छ, तर डिफेन्स लाइनमै बल खेलाउने हो पनि पनि इराकसँग जस्तो गल्ती दोहोरिन बेर लाग्दैन, कुनै पनि टोलीले डिफेन्समा बल खेल्ने खेलाउने शैलीलाइ राम्रो गेम मानिँदैन । साथी खेलाडीको पास कलेक्सन गर्न र बिपक्षीवाट बल खोस्न, गेम जित्ने एउटा कारक तत्व हो ।

सधैंभरी एउटै साइड वा विंग्सबाट पनि खेल खेल्न हुँदैन, अबको को वर्ल्डकप छनोट खेलहरुमा पनि मिडफिल्डको भूमिका निक्कै परिस्कृत हुन जरुरी देखिन्छ । मिडफिल्डले खेललाई राम्रोसँग संहालेर खेल्ने हो भने फर्वार्डहरुलाई बल पाउन कुनै गाह्रो हुने छैन ।

May be an image of 1 person, standing, playing a sport and grass
अस्ट्रेलिया र जोर्डन निकै बलिया प्रतिद्वन्दी हुन् । उनीहरुसँग पनि नेपालले काउन्टर एट्याक खेलमा नै ध्यान दिन जरुरी देखिन्छ । हतासिएर भन्दा पनि सरल जुझारु एवं सम्हालिएर खेल खेलेमा नेपालले नतिजा आफ्नो पोल्टामा पर्न सक्ने सम्भावना छ ।

May be an image of 1 person and playing a sport
केही समय अगाडिसम्म ठूला प्रतिस्पर्धीसँग गोल नै गर्न नसक्ने नेपाली टोलीमा केही परिमार्जन भने आएको छ । खेलाडीको खेल खेल्ने शैली पहिले भन्दा फरक भएको परिप्रेक्षमा आफूभन्दा उम्दा टिम इराकसँगको शनिवारको खेलमा केही समय अग्रता लिएको नेपालले बिगतको इतिहासलाई बिर्साउने खेल खेल्न सकोस । अग्रिम शुभकामना ।

भर्खरै

Advertisement