Mega Bank

डेब्यूमै गाेल गर्ने तेस्राे नेपाली फुटबलर बने डाँगी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१६
  • |
  • 266 पटक हेरिएको

युवा खेलाडी मनीष डाँगी नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु खेलमै गोल गर्ने तेस्रो खेलाडी भएका छन् । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा शनिबार राति डेब्यु गरेका मनीषले २९ औं मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाएका थिए ।

इराकी गोलकिपर अगाडि बढेको फाइदा उठाउँदै गोल गरेका थिए । डाँगी पहिलो पटक नेपालको सिनियर टिममा परेका थिए ।
बाबुआमा नै दक्षिण कोरिया बस्ने डाँगी त्यहाँ उमेर समूहमा खेल्दै आएका खेलाडी पनि हुन् । उनी नेपालको १८ बर्ष मुनीको साफ च्याम्पियनसिपमा पनि खेलेका थिए । भने हालै नेपालमा भएको नेपाल सुपर लिगमा पनि विराटगनर एफसीबाट सहभागी भएका थिए ।

नेपाली टिमको मुख्य प्रशिक्षकमा अब्दुल्लाह अल्मुताईरी आएपछि युवा खेलाडीलाई मौका दिँदा मनीषले पनि टिममा स्थान बनाएका थिए । इराकसँग समग्रमा नेपाल ६–२ गोल अन्तरले पराजित भए पनि मनीषले धेरै कुराहरु सिक्न पाएको प्रतिक्रिया दिएका छन् ।

मनीष डेब्यु खेलमै गोल गर्ने तेस्रो खेलाडी भए पनि दोस्रो खेलाडीको रुपमा नेपालका सफल कप्तान समेत रहि सकेका हरि खड्का र पहिलो स्थानमा वाइबी घलेको नाम आउँछ ।

वाइबी घले

वाई बी घले

वाइबी घलेले सन् १९८२ को नोभेम्बर २१ मा कुवेतविरुद्ध डेब्यु गरेका थिए ।

एशियाली खेलकुद अन्तर्गत नयाँ दिल्लीमा कुवेतविरुद्ध खेल्दा डेब्यु गरेका घलेले एक गोल गरेका हुन् । नेपालका तर्फबाट उनले मात्रै गोल गर्दा समग्रमा कुवेतसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको थियो ।

घलेले ८५ औं मिनेटमा गोल गरेका थिए ।

 

 

हरि खड्का

हरि खड्का

नेपालबाट डेब्यु खेलमै गोल गर्ने दोस्रो खेलाडीको रुपमा हरि खड्का पर्छन् । हरिले २९ मार्च १९९५ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए ।

श्रीलंकाको कोलम्बोमा भएको सार्क गोल्डकपमा पहिलो खेलमा बेन्चमै विताएका हरिले दोस्रो खेलमा मौका पाएका थिए ।

पहिलो खेलमा बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएपछि दोस्रो खेलमा पाकिस्तानलाई २–० गोल अन्तरले जित्नै पर्ने खेलमा त्यतिबेलाका युवा खेलाडी हरि खड्काले प्लेयिङ सेटमा मौका पाएका थिए ।

उनको पासमा पहिलो गोल बालगोपाल महर्जनले गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसैगरी टिमका लागि दोस्रो तथा हरिले डेब्यु गोल देबनारायण चौधरीको पासमा गर्दै नेपाललाई अर्को चरणमा प्रवेश पनि गराएका थिए ।

खड्काले समय याद नभए पनि दोस्रो हाफमा आफूले गोल गरेको बताए ।

भर्खरै

Advertisement