जर्मनीकाे टिम छाेडेपछि लाेउले अर्काे टिम नहेर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१६
  • |
  • 845 पटक हेरिएको

प्रशिक्षक जोयचिम लोउले युरोकपपछि जर्मनीको टिम छोड्ने पक्का भएको छ । तर उनले जर्मनी टिमलाई छोडेपछि कुनै पनि क्लवमा प्रशिक्षकको काम नगर्ने बताएका छन । जर्मनीबाट टाढिने पक्का भएपछि उनलाई अनुबन्ध गर्नका लागि दुई जाइन्ट क्लव बार्सिलोना र रियल मड्रिडले आँखा गाडिरहेको बताइएको छ ।

तर लोउले आफु फेरी अर्को कुनै पनि टिम सम्हाल्ने मुडमा नभएको प्रष्ट पारेका छन । जर्मनीको प्रशिक्षकमा १५ बर्ष विताएका लोउले आसन्न युरो कपपछि टिम छोड्नेछन ।

लोउले पत्रकार सम्मेलनमा आफ्नो कुनैपनि टिमसँग कुरा नभएको बताएका छन । उनले यो समरमा कुनैपनि क्लवको प्रशिक्षक नबन्ने प्रष्ट पारे ।
लोउको प्रशिक्षणमा जर्मनीले सन् २०१४ को ब्राजिल विश्वकप जितेको थियो । तर सन् २०१८ को विश्वकपमा भने उनको टिमले लज्जास्पद हार ब्यहारेको थियो ।

यता रियल जिनेदिन जिदान बाहिरीएपछि नयाँ प्रशिक्षकको खोजीमा रहेको छ । यस्तै बार्सिलोनापनि हालका प्रशिक्षक रोनाल्ड कोमनलाई बर्खास्त गरेर नयाँ प्रशिक्षकको खोजीमा रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal