Mega Bank

इराकसँगकाे मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गाेलले पराजित, मनिशकाे डेब्यु खेलमै गाेल

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१६
  • |
  • 286 पटक हेरिएको

इराकविरुद्धको मैत्रीपुर्ण खेलमा नेपालले ६ दुईको हार ब्यहोरेको छ । इराकको घरेलु मैदानमा भएको खेलमा नेपाल भन्दा निकै बलियो टिमसँग नेपालले सुरुवातमा राम्रो फाइट गरेपनि दोस्रो हाफमा खस्किएको प्रदर्शन गर्यो । शारिरिक र प्राविधिक रुपमा नेपाल भन्दा निकै बलियो रहेको इराकविरुद्ध नेपाली टिमले सन्ताेषजनक प्रदर्शन गर्याे ।

इराकस्थित अल बस्रामा भएको खेलको १० मिनेट भित्र नै दुई गोल भएका थिए । खेलको सातौं मिनेटमा नै इराकले अग्रता लिन सफल भया । इराकका लािग आला अब्दुलले गरेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । कप्तान अब्दुलको प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् ।

तर नेपालले त्यसको अर्को मिनेटमा नेपालले खेल बराबरी गर्न सफल भयो । नेपालका लागि अञ्जन विष्टले गोलकिपरलाई विट गरेको अवस्थामा इराकी डिफेन्डर साफा हादीले क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे ।

१२ औं मिनेटमा इराकले अर्को मौका पाएको थियो । उसका बसुमले गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । खेलको १४ औं मिनेटमा नेपालले अर्को उत्कृष्ट मौका गुमायो । नेपालका अञ्जन विष्टले करिव वन भर्सेस वनको अवस्थामा प्रहार गरेको बल इराकी गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

खेलको २५ औं मिनेटमा इराकले अर्को मुभ बनाएको थियो । तर उसका यमन हुसेनको प्रयास पोष्टको नजिकैबाट बाहिरीयो । २७ औं मिनेटमा इराकले अर्को मुभ बनायो । उसका यमन अब्दुलको पासमा आलाको हेडको प्रहार किरणले उत्कृष्ट बचाउ गरे ।

तर २९ औं मिनेटमा आजको खेलमा नै सिनियर टिममा डेब्यु गरेका मनिश डाँगी एक्लैले उत्कृष्ट गोल गरे । उनले इराकी गोलकिपर अगाडी बढेको मौकाको फाइदा उठाउँदै उत्कृष्ट फिनिस गरे । जसका कारण खेलमा नेपालले दुई एकको अग्रता लियो ।

३६ औं मिनेटमा इराकको अर्को आक्रमणलाई नेपाली गोलकिपर किरण चेम्जोङले उत्कुष्ट बचाउ गरे । इराकी कप्तान अब्दुलको हेडरलाई किरणले बचाए ।
तर खेलको ३९ औं मिनेटमा इराकले खेल दुई दुई गोलको बराबरी गर्न सफल भयो । उसका लागि कर्नरबाट आएको बललाई मोहम्मद ओबाइदले गोल गरे । त्यसको अर्को मिनेटमा इराकले खेल तीन दुईको अवस्थामा पुर्यायो । नेपाली गोलकिपर र डिफेन्डरको गल्तिका कारण यमेनले सहज गोल गरे । उनले गोलकिपरलाई सहजै विट गरेर गोल गर्न सफल भए ।

नेपालले दुबै गोल डिफेन्डर तथा महत्वपुर्ण खेलाडी रोहित चन्द मैदान बाहिर भएको बेला खाएको हो । खेलको सुरुवातमा नै हेड गर्ने क्रममा इराकी खेलाडीसँग ठोक्किएर टाउकोमा चोट बोके रोहित ३५ औं मिनेटमा टाउकोमा रगत बगेपछि उपचारका लागि मैदान बाहिर गएका थिए । त्यहि अवसरमा इराले सहज दुई गोल गर्यो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा यमेन हुसनले उत्कृष्ट हेड गर्दै टिमलाई चार दुईले अगाडी राखे । उनको हेडरलाई किरणले रोक्ने प्रयास गरेपनि भ्याउन सकेनन् ।

पहिलो हाफमा चार दुईको अग्रता बनाएको इराकले दोस्रो हाफमा झन आक्रामक फुटबल खेल्यो । जसका कारण खेलको ६६ औं मिनेटमा उसले पाँच दुईको अग्रता बनायो । नेपाली डिफेन्डरले मार्क गर्न नसक्दा सब्सिच्युट खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका मोहनाद अली अल्सामरीले गोल गरे ।

त्यसपछि ७५ औं मिनेटमा सज्जाद जासिमले अर्को उत्कृष्ट गोल गर्दा नेपाल खेलमा छ दुईले पछाडी रह्यो । ७९ औं मिनेटमा अली अदनानले फ्रिकिक प्रहारलाई किरणले राम्रो बचाउ गरे । ८४ औं मिनेटमा नेपालका विशाल राईको प्रहार पोष्टको निकै माथिबाट बाहिरीयो ।

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र नेपालले छ दुईको हार ब्यहोर्यो । यो हारपछि पनि नेपाली टिमलाई फिफा विश्वकप छनौटका लागि राम्रो एक्सपोजर भएको छ । प्रशिक्षक अब्दुल्लाहका लागि पनि याे खेलले नेपाली खेलाडीकाे कमजाेरी पत्ता लगाउने माध्यम बनेकाे छ । अब नेपाली टिम आइतबार सडकको बाटो हुँदै विश्वकप छनौटका लागि कुवेत जानेछ ।

कुवेतमा नेपालले जुन तीनमा चाइजीन ताइपेई, जुन सातमा जोर्डन र जुन ११ मा इराकसँग खेल्नेछ ।

भर्खरै

Advertisement