इराकविरुद्ध नेपाल ५-२ ले पछि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 719 पटक हेरिएको

अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अहिले नेपाल र इराकविच प्रतिस्पर्धा भइरहेको छ । जसमा नेपाल पाँच दुईले पछाडी रहेको छ ।

इराकस्थित अल बस्रामा जारी खेलको सातौं मिनेटमा नै इराकले उत्कृष्ट गोल मार्फत खेलमा अग्रता बनायो । इराकका लािग आला अब्दुलले गरेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । कप्तान अब्दुलको प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् ।
तर नेपालले त्यसको अर्को मिनेटमा नेपालले खेल बराबरी गर्न सफल भयो । नेपालका लागि अञ्जन विष्टले गोलकिपरलाई विट गरेको अवस्थामा इराकी डिफेन्डर साफा हादीले क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे ।
१२ औं मिनेटमा इराकले अर्को मौका पाएको थियो । उसका बसुमले गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।
खेलको १४ औं मिनेटमा नेपालले अर्को उत्कृष्ट मौका गुमायो । नेपालका अञ्जन विष्टले करिव वन भर्सेस वनको अवस्थामा प्रहार गरेको बल इराकी गोलकिपरले उत्कृष्ट बचाउ गरे ।
खेलको २५ औं मिनेटमा इराकले अर्को मुभ बनाएको थियो । तर उसका यमन हुसेनको प्रयास पोष्टको नजिकैबाट बाहिरीयो । २७ औं मिनेटमा इराकले अर्को मुभ बनायो । उसका यमन अब्दुलको पासमा आलाको हेडको प्रहार किरणले उत्कृष्ट बचाउ गरे ।
तर २९ औं मिनेटमा आजको खेलमा नै सिनियर टिममा डेब्यु गरेका मनिश डाँगी एक्लैले उत्कृष्ट गोल गरे । उनले इराकी गोलकिपर अगाडी बढेको मौकाको फाइदा उठाउँदै उत्कृष्ट फिनिस गरे । जसका कारण खेलमा नेपालले दुई एकको अग्रता लियो ।
३६ औं मिनेटमा इराकको अर्को आक्रमणलाई नेपाली गोलकिपर किरण चेम्जोङले उत्कुष्ट बचाउ गरे । इराकी कप्तान अब्दुलको हेडरलाई किरणले बचाए ।
तर खेलको ३९ औं मिनेटमा इराकले खेल दुई दुई गोलको बराबरी गर्न सफल भयो । उसका लागि कर्नरबाट आएको बललाई मोहम्मद ओबाइदले गोल गरे । त्यसको अर्को मिनेटमा इराकले खेल तीन दुईको अवस्थामा पुर्यायो । नेपाली गोलकिपर र डिफेन्डरको गल्तिका कारण यमेनले सहज गोल गरे । उनले गोलकिपरलाई सहजै विट गरेर गोल गर्न सफल भए ।
नेपालले दुबै गोल डिफेन्डर तथा महत्वपुर्ण खेलाडी रोहित चन्द मैदान बाहिर भएको बेला खाएको हो । खेलको सुरुवातमा नै हेड गर्ने क्रममा इराकी खेलाडीसँग ठोक्किएर टाउकोमा चोट बोके रोहित ३५ औं मिनेटमा टाउकोमा रगत बगेपछि उपचारका लागि मैदान बाहिर गएका थिए । त्यहि अवसरमा इराले सहज दुई गोल गर्यो ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा यमेन हुसनले उत्कृष्ट हेड गर्दै टिमलाई चार दुईले अगाडी राखे । उनको हेडरलाई किरणले रोक्ने प्रयास गरेपनि भ्याउन सकेनन् ।
पहिलो हाफमा चार दुईको अग्रता बनाएको इराकले ६६ औं मिनेटमा पाँचौ गोल गर्यो । यसपटक पनि नेपाली डिफेन्डरले मार्क गर्न नसक्दा सब्सिच्युट खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका मोहनाद अली अल्सामरीले गोल गरे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal