नेपालविरुद्ध इराक तीन दुईले अगाडी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 430 पटक हेरिएको

अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अहिले नेपाल र इराकविच प्रतिस्पर्धा भइरहेको छ । जसमा इराक तीन दुईले अगाडी पुगेको छ ।

खेलको सातौं मिनेटमा नै इराकले उत्कृष्ट गोल मार्फत खेलमा अग्रता बनायो । इराकका लािग आला अब्दुलले गरेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । कप्तान अब्दुलको प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् ।

तर नेपालले त्यसको अर्को मिनेटमा नेपालले खेल बराबरी गर्न सफल भयो । नेपालका लागि अञ्जन विष्टले गोलकिपरलाई विट गरेको अवस्थामा इराकी डिफेन्डर साफा हादीले क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे ।

१२ औं मिनेटमा इराकले अर्को मौका पाएको थियो । उसका बसुमले गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

खेलको १४ औं मिनेटमा नेपालले अर्को उत्कृष्ट मौका गुमायो । नेपालका अञ्जन विष्टले करिव वन भर्सेस वनको अवस्थामा प्रहार गरेको बल इराकी गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

खेलको २५ औं मिनेटमा इराकले अर्को मुभ बनाएको थियो । तर उसका यमन हुसेनको प्रयास पोष्टको नजिकैबाट बाहिरीयो । २७ औं मिनेटमा इराकले अर्को मुभ बनायो । उसका यमन अब्दुलको पासमा आलाको हेडको प्रहास किरणले उत्कृष्ट बचाउ गरे ।

तर २९ औं मिनेटमा आजको खेलमा नै सिनियर टिममा डेब्यु गरेका मनिश डाँगी एक्लैले उत्कृष्ट गोल गरे । उनले इराकी गोलकिपर अगाडी बढेको मौकाको फाइदा उठाउँदै उत्कृष्ट फिनिस गरे । जसका कारण खेलमा नेपालले दुई एकको अग्रता लियो ।

३६ औं मिनेटमा इराकको अर्को आक्रमणलाई नेपाली गोलकिपर किरण चेम्जोङले उत्कुष्ट बचाउ गरे । इराकी कप्तान अब्दुलको हेडरलाई किरणले उत्कृष्ट बचाए ।

तर खेलको ३९ औं मिनेटमा इराकले खेल दुई दुई गोलको बराबरी गर्न सफल भयो । उसका लागि कर्नरबाट आएको बललाई मोहम्मद ओबाइदले गोल गरे । त्यसको अर्को मिनेटमा इराकले खेल तीन दुईको अवस्थामा पुर्यायो । नेपाली गोलकिपर र डिफेन्डरको गल्तिका कारण यमेनले सहज गोल गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey