१० मिनेट भित्र नै नेपाल र इराककाे खेल १-१ काे बराबरीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 349 पटक हेरिएको

अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अहिले नेपाल र इराकविच प्रतिस्पर्धा भइरहेको छ । जसमा एक एक गोलको बराबरी भएको छ ।

अल बस्रामा जारी खेलकाे सुरुवातमा नै दुबै टिमले गाेल गर्न सफल भए ।

खेलको सातौं मिनेटमा नै इराकले उत्कृष्ट गोल मार्फत खेलमा अग्रता बनायो । इराकका लािग आला अब्दुलले गरेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो ।

तर नेपालले त्यसको अर्को मिनेटमा नेपालले खेल बराबरी गर्न सफल भयो । नेपालका लागि अञ्जन विष्टले गोलकिपरलाई विट गरेको अवस्थामा इराकी डिफेन्डरले क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरे ।

१२ औं मिनेटमा इराकले अर्को मौका पाएको थियो । उसका बसुमले गरेको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey