Mega Bank

इराकविरुद्ध मनिस र गौतमले डेब्यु गर्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 214 पटक हेरिएको

इराकविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले प्रतिस्पर्धा गर्दै छ । नेपाली समय अनुसार यो खेल राति सवा १० बजे शुरुहुने छ ।

यो खेलका लागि नेपाली टिमको प्लेयिङ सेट सार्वजनिक गरिएको छ । जसमा गौतम श्रेष्ठ र मनिस डाँगीले डेब्यु गर्ने भएका छन् ।

फिफा विश्वकप छनोट अघि इराकसँगको मैत्रीपूर्ण खेललाई नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले एक्सपोजरको रुपमा लिएका छन् ।

आज खेल्ने प्लेयिङ सेट यस्तो छ ।
गोलकिपरमा किरण कुमार चेम्जोङ (लिम्बु) रहेका छन् । डिफेन्समा गौतम श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ र सुमन अर्याल रहने छन् । मिडफिल्डमा मनिष डाँगी, पुजन उपरकोटी र सन्तोष तामाङ रहने छन् ।

फरवार्डमा भने अञ्जन विष्ट, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् । नेपालले आज ४–३–३ को फर्म्याटमो टिम उतार्ने भएको छ ।

भर्खरै

Advertisement