खेलकुद बजेटमा दुई नयाँ कार्यक्रमः पूर्व खेलाडीलाई सहुलियत कर्जा र खेल विश्वविद्यालय स्थापना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 660 पटक हेरिएको

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८÷७९ का लागि बजेट घोषणा गर्दा खेलकुदको क्षेत्रमा दुई महत्वपूर्ण कार्यक्रमले प्रवेश पाएको छ ।

२ अर्ब ७४ करोड रकम कुल बजेटमा यस वर्ष पूर्व खेलाडीहरुलाई व्यवसाय गर्न सहुलियत कर्जाको व्यवस्था गरिने भनिएको छ । यसबारे थप केहि नखुलाइए पनि पूर्व खेलाडीहरुले लामो समयदेखि माग गर्दै आएको खेलाडीको सामाजिक सुरक्षा कार्यक्रमको अप्रत्यक्ष कार्यान्वयनको रुपमा बुझेका छन् ।

तर यसको प्रभावकारी कार्यान्वयन हुने र वास्तविक खेलाडीले पाउनेमा भने उनीहरुले आशंका व्यक्त गरेका छन् ।

त्यस्तै खेल पर्यटनबाट आर्थिक विकासको लक्ष्यअनुसार अन्तर्राष्ट्रियस्तरको खेल विश्वविद्यालय स्थापनाका लागि सम्भाव्य अध्ययन गर्न बजेट विनियोजन भएको छ । यसअघि खेल पर्यटनका लागि बजेट विनियोजन भए पनि क्षेत्र तोकिएको थिएन ।

यसबाहेक प्रादेशिक रंगशाला, क्रिकेट मैदान, हाइ अल्टिच्युड स्पोर्टस सेन्टर तथा स्थानीय तहमा खेल पूर्वाधार निर्माणको पुरानै कार्यक्रमले निरन्तरता पाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey