Mega Bank

काम सम्पन्न गर्ने गरि कुन कुन ठाँउका क्रिकेट रंगशालाका लागि बजेट छुट्याइयो ?

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 168 पटक हेरिएको

नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८ र ७९ को बजेटमा खेलकुदमा पूर्वाधारलाई नै बढि जोड दिइएको छ । त्यसमा पनि क्रिकेटका पुर्वाधारका लागि यो बर्षपनि बजेटले निरन्तरता पाएको छ ।

यो आर्थिक बर्षमा पनि सरकारले देशका विभिन्न स्थानमा निर्माणाधिक क्रिकेट रंगशाला निर्माणका लागि बजेट छुट्याएको छ । जसमा मोरङको बैजनाथपुर, काठमाडौंका मुलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगञ्ज र कंचनपुरको महेन्द्रनगरमा निर्माणाधिन क्रिकेट रंगशाला सम्पन्न गर्नका लागि बजेट छुट्याइएको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन ।

यी सबै स्थानमा क्रिकेट रंगशाला निर्माण हुन थालेको निकै बर्ष भइसक्यो । अहिलेपनि मुलपानीको क्रिकेट रंशगालाको टेन्डरको सम्झौता भएको छ । करिव २९ करोड रुपैयाँमा टेन्डरको सम्झौता भएपनि सरकारले चालु आर्थिक बर्षमा मात्र एक करोड रुपैयाँ छुट्याएको थियो ।

यस्तै भैरहवामा पनि चालु आर्थिक बर्षमा एक करोड बजेट छुट्याउँदा त्यहाँ करिव सात हजार दर्शक क्षमताको प्यारापिटको काम भइरहेको छ । तर सो रंगशालामा अझैपनि एकपट्टिको प्यारापिटको जग्गाको मुवाब्जा लिन बाँकी नै छ ।

यता नेपालगञ्ज, बैजनाथपुर, महेन्द्रनगरमा भने काम जिरो नै छ । यी मैदानको निर्माणका लागि हरेक बर्ष बजेट छुटिनेगरेको भएपनि धेरै बजेट फ्रिज हुने गरेको छ । दाङको लमहीमा भने क्रिकेट रंगशालाको काम भइरहेको छ । सो मैदानलाई सम्पन्न गर्नका लागि स्थानीय सरकारले बजेट छुट्याने गरेको छ ।

नयाँ आर्थिक बर्षमा क्रिकेट मैदान पुर्वाधार निर्माणमा कीर्तिपुर क्रिकेट मैदान, विरगञ्जमा रहेको क्रिकेट मैदान भने परेनन् । यस्तै बुढानिलकण्डमा रहेको सुवण समशेर क्रिकेट रंगशालामा पनि सरकारले बजेट छुट्याएको छैन ।

नेपालमा बनिरहेका सबै क्रिकेट रंगशालाहरु समयमा गतिमा काम भएको खण्डमा करिव पाँच बर्ष अगाडी नै सम्पन्न हुनुपर्ने थियो ।

भर्खरै

Advertisement