Mega Bank

खेलकुद बजेटमा पहिलो पटक, सन्यास लिएका खेलाडीलाई सहुलियन ऋणको ब्यवस्था

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 98 पटक हेरिएको

नेपाल सरकारले आर्थिक बर्ष २०७८ र ७९ का लागि घोषणा गरेको खेलकुद बजेटमा पहिलो पटक सन्यास लिएका खेलाडीका लागि सहुलियत ऋणको ब्यवस्था गरेको छ ।

सरकारले हरेक बर्ष घोषणा गर्ने बजेट भाषणमा पुर्वाधार निर्माण, खेलाडी प्रोत्साहन लगायतका विषयमा बजेट छुट्याउने गरेकोमा यसपटक भने हालै सक्रिय खेल जीवनबाट सन्यास लिएका खेलाडीलाई सरकारले नै सहुलियन ऋण दिने बताएको छ ।

नेपाली खेलाडीले खेल जीवनबाट सन्यास लिएपछि सरकारले त्यति वास्ता नगरेको भन्ने गुनासोलाई यो पटकको बजेट भाषणले मलम लगाउने देखिएको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले हालै खेलाडी जीवनबाट सन्यास लिएका खेलाडीलाई सो सुविधा दिने भनेपनि कतिसम्मको सहुलियत रिण पाउने भन्ने एकिन भएको छैन । यसका लागि कार्यविधी बनेर पास हुनुपर्नेछ ।

त्यसपछि मात्र खेलाडीले के के कुरामा सो सहुलियत ऋण पाउने भन्ने एकिन हुनेछ । साथै यसका लागि के कुरा धितो राख्न पाउने भन्ने एकिन हुनेछ । यसका साथै कति प्रतिशत ब्याज लाग्ने भन्ने पनि कार्यविधी तयार भएपनि निधो हुनेछ ।

तर सरकारले बजेट भाषणमा नै हालै सन्यास लिने खेलाडीलाई सहुलियत ऋण दिने कुरा उल्लेख गर्दा खुसी भने बनाएको छ । अहिलेसम्म नेपाल सरकार साग, एशियाडमा पदक जित्ने खेलाडीलाई मासिक भत्ता दिँदै आएको छ । तर त्यो पनि समयमा नै भने खेलाडीले पाउन सकेका छैनन ।

भर्खरै

Advertisement