Mega Bank

आईपीएलका बाँकी खेल युएईमा गर्ने पक्का, विश्वकपबारे थप समय चाहियो : बीसीसीआई 

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 126 पटक हेरिएको

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीए युएईमा हुने पक्का भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको शनिबार भएको विशेष बैठकले युएईमा सेप्टेम्बर र अक्टुबरमा आईपीएलका बाँकी ३१ वटा म्याच आयोजना गर्ने निर्णय गरेको हो ।

खेल तालिका भने प्रकाशित गरेको छैन । भारतमै भएको १४ औं संस्करणको २९ वटा खेल भने भइसकेका छन् । कोरोना महामारी बढेपछि आईपीएल स्थगित गरिएको थियो । आईपीएल स्थगित हुँदा दिल्ली क्यापिटल्स ८ मध्य ६ खेलमा जित निकाल्दै शीर्ष स्थनमा रहेको छ भने चेन्नाई सुपर किंग्स ५ खेलमा जितका साथ दोस्रो स्थानम रहँदा विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंग्लोर पनि ५ खेलमा जितका साथ तेस्रो स्थानमा रहेको छ ।

आईपीएल १८–२० सेप्टेम्बरमा शुरु भएर अक्टोबर १० तारिखमा सकिने सम्भावना रहेको छ । फाइनलसहित चार प्ले अफ म्याच ( दुई क्वालिफायर, एक एलिमिनेटर) १० डबल हेडर (एकै दिन दुई खेल) र सात सिंगल हेडर (एक दिनमा एउटामात्र) खेल गराउने गरि तयारी गरिएको छ ।

यस्तै, बैठकले टी २० विश्वकपको सन्दर्भमा भने आईसीसीसँग थप समय माग गर्ने निर्णय पनि गरेको छ । आईसीसीले टी २० विश्वकपबारे जुन एक तारिखमा बैठक बोलाएको छ । बीसीसीआईले अझै पनि टी २० आयोजना गर्ने अधिकार छोड्ने मनस्थिति नबनाएकाले यसबारे निर्णय गर्नुअघि थप समय माग गर्ने निर्णय बनाएको हो ।

पूर्व निर्धारित तालिका अनुसार अक्टोर नोभेम्बरमा टी २० विश्वकप आयोजना भारतमा आयोजना हुनुपर्ने हो । टी २० विश्वकपको फाइनल १४ नोभेम्बरमा यसअघि नै तय गरिएको थियो । तर, अहिले कोरोना महामारीका कारण यसबारे पनि सस्पेन्स कायमै छ ।

भर्खरै

Advertisement