Mega Bank

टोकियो ओलम्पिकमा स्थानीय दर्शकलाई पनि प्रतिबन्ध !

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 92 पटक हेरिएको

कोरोना महामारीका कारण टोकियो ओलम्पिक दर्शक विहीन अवस्थामा आयोजना हुने सम्भावना बढेको छ ।

यो प्रतियोगिता जुलाई २४ देखि अगस्ट ८ तारिखसम्म हुँदै छ । अब प्रतियोगिता आउनका लागि थोरै समय भए पनि कसरी यो प्रतियोगिता आयोजना गर्ने भन्ने विषयमा निक्र्योल भइसकेको छैन ।

गतवर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीकै कारण स्थगित भएको थियो । अहिले पनि जापानमा कोरोना संक्रमितको संख्या झनै बढ्ने भएकाले त्यहाँका चिकित्सक तथा आम सर्वसाधारणहरु प्रतियोगिताकै विपक्षमा रहेका छन् । तर जापान सरकारले सबै प्रबन्ध गरेर यो प्रतियोगिता जसरी पनि आयोजना गर्ने लक्ष्य लिएको छ ।

यस्तैमा ओलम्पिक आयोजक समितिका अध्यक्ष सेइको हाशिमोतोले महामारीका कारण स्थानीय दर्शकहरुलाई पनि प्रतिबन्ध लगाउने संकेत गरेका छन् । विदेशी दर्शकहरुलाई भने यसघि नै प्रतिबन्ध लागि सकेको थियो ।

जापान सरकारले कोभिड नियन्त्रणका लागि टोकियो र ओसाकासहित देशका धेरै भागमा ३१ मेसम्म रहेको संकटकाल २० जुनसम्म बढाएको छ । यो निर्णयसँगै स्थानीय दर्शकहरुलाई पनि ओलम्पिकमा प्रतिबन्ध लगाउने विषयमा चर्चा शुरु भएको छ ।

अध्यक्ष हाशिमोतोले स्थानीय दर्शकहरुको विषयमा चाँडै निर्णयमा पुगिने बताएका छन् ।

भर्खरै

Advertisement