नाइकीले लगाएकाे दाेसमा नेयमारकाे प्रतिवाद

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 355 पटक हेरिएको

नेयरमार र नाइकीविचको सम्झौता खारेज हुनुको कारणबारे नाइकीले नेयमारलाई दोश दिएको २४ घण्टा नपुग्दै नेयमारले प्रतिवाद गरेका छन ।

नाइकीले नेयमारले आफ्नो स्टाफसँग सेक्सुअल असल्ट गर्न खोजेकाले सम्झौता खारेज गरेको बताएको थियो । तर अहिले नेयमारले यो विषयमा आफुले नाइकीसँग अनुसन्धानका लागि सहयोग गर्न खोज्दा अस्विकार गरेको बताएका छन ।

अमेरीकी कम्पनी नाइकीले गत बर्ष नेयमारसँगको सम्झौता तोडेको थियो । सन् २०१६ मा भएको घटनाका कारण यी दुई विचको सम्झौता तोकिएको थियो । नेयमारले नाइकीबाट ७८.६ मिलियन पाउण्डको सम्झौता सो बेला गरेका थिए । जुन सन् २०२२ सम्मको रहेको थियो । तर गत सेप्टेम्बरमा नै नेयमारले नाइकीसँगको सम्झौता छोडेर पुमासँग जोडिएका थिए ।

सम्झौता खारेज गर्दा नाइकीले कारण खुलाएको थिएन । नाइकीले नेयमारसँग पलिहो सम्झौता १३ बर्षको हुँदा गरेको थियो । तर शुक्रबार नाइकीले सम्झौता तोडिनुमा नेयमारको दोश रहेको बताएको थियो । उनले आफ्नी स्टाफसँग शारिरीक सम्बन्ध राख्ने प्रयास गरेको बताएको थियो ।

तर नेयमारले त्यसको यसअघि सन् २०१९ र अहिलेपनि खण्डन गरेका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey